२०८३, आश्विन १९ गते

images
  • अटो
  • साउन २६ देखि भृकुटीमण्डपमा नाइमा मोबिलिटी...

साउन २६ देखि भृकुटीमण्डपमा नाइमा मोबिलिटी एक्स्पो, ४० भन्दा बढी नयाँ सवारी सार्वजनिक हुने

साउन २६ देखि भृकुटीमण्डपमा नाइमा मोबिलिटी एक्स्पो, ४० भन्दा बढी नयाँ सवारी सार्वजनिक हुने

मंगलवार, आषाढ २३ २०८३०७:१९
मंगलवार, आषाढ २३ २०८३०७:१९
  • images

    काठमाडौँ । नेपाल अटोमोबाइल आयातकर्ता तथा उत्पादक संघ (नाइमा) ले आगामी साउन २६ देखि ३१ गतेसम्म काठमाडौंको भृकुटीमण्डपमा ‘नाइमा नेपाल मोबिलिटी एक्स्पो–२०२६’ आयोजना गर्ने भएको छ। नेपालकै सबैभन्दा ठूलो सवारी तथा गतिशीलता प्रदर्शनीका रूपमा आयोजना हुने यस एक्स्पोमा ५१ स्टल, ५५ भन्दा बढी ब्रान्ड र ४० भन्दा बढी नयाँ सवारी तथा उत्पादन सार्वजनिक ९लञ्च० गरिने आयोजकले जनाएको छ।

    सोमबार काठमाडौंस्थित द सोल्टी होटलमा आयोजित पत्रकार सम्मेलनमा एक्स्पोका मुख्य विशेषताबारे जानकारी दिँदै नाइमाले यस वर्षको संस्करणलाई अझ व्यवस्थित, समावेशी र आगन्तुकमैत्री बनाइएको जनाएको हो। प्रदर्शनीमा दुईपाङ्ग्रे, चारपाङ्ग्रे, व्यावसायिक सवारीसाधन, विद्युतीय तथा हाइब्रिड सवारी, नवीन प्रविधि, सेवा तथा गतिशीलतासम्बन्धी अन्य उत्पादनहरू प्रदर्शन गरिनेछन्।

    नाइमा अध्यक्ष रितु सिंह वैद्यले एक वर्षअघि २१ सदस्य कम्पनीबाट सुरु भएको संस्थामा हाल ३६ प्रमुख सदस्य कम्पनी आबद्ध भइसकेको जानकारी दिँदै यसले नेपालको अटोमोबाइल क्षेत्रमा नाइमाप्रतिको विश्वास र संस्थाको बढ्दो भूमिकालाई प्रतिबिम्बित गरेको बताईन ।

    उनले नाइमाको दीर्घकालीन दृष्टि ‘गतिशीलतामार्फत विकास सशक्तीकरण’ र उद्देश्य ‘सबैका लागि गतिशीलता’ केवल प्रदर्शनीमा सीमित नभई रोजगारी, उद्यमशीलता, सार्वजनिक सेवा, पहुँच विस्तार तथा आर्थिक विकाससँग जोडिएको अभियान भएको बताईन । गतिशीलता विस्तारसँगै अवसरहरू बढ्ने र मानिस तथा व्यवसाय सहज रूपमा अघि बढ्न सक्ने उनको भनाइ थियो।

    अध्यक्ष वैद्यले नाइमाले गत वर्ष पहिलो संस्करणको एक्स्पो सफलतापूर्वक आयोजना गर्नुका साथै काठमाडौं उपत्यकाका एक हजार ६१० ट्राफिक प्रहरीलाई क्षमता अभिवृद्धि तालिम, ट्राफिक व्यवस्थापन तथा सडक सुरक्षासम्बन्धी कार्यक्रम सञ्चालन गरेको जानकारी दिईन। हालैका आन्दोलनका क्रममा क्षति पुगेका सरकारी कार्यालयहरूको पुनःनिर्माणमा सहयोग गर्नुका साथै काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालय र यातायात व्यवस्था विभागलाई समेत सहयोग गरिएको उनले बताईन।

    उनका अनुसार नाइमाले नाइमा मासिक मोबिलिटी संवाद, नाइमा मोबिलिटी जर्नल तथा क्षमता अभिवृद्धि तालिम कार्यक्रम सञ्चालन गरिसकेको छ। एक्स्पोबाट प्राप्त टिकट बिक्रीको कम्तीमा १० प्रतिशत रकम अनुसन्धान फेलोसिप र तालिम कार्यक्रमका लागि छुट्याइनेछ। उक्त अनुसन्धानबाट तयार भएका सामग्री नाइमा मोबिलिटी जर्नलमा प्रकाशित गरिनेछ।

    त्यसैगरी, आगामी दिनमा नाइमा मोबिलिटी सम्मेलन आयोजना गरी विशेषगरी शिक्षा मन्त्रालयसँगको सहकार्यमा सवारी तथा गतिशीलता क्षेत्रमा आवश्यक सीप विकास र रोजगारी सिर्जनासम्बन्धी तालिम कार्यक्रम सञ्चालन गर्ने योजना रहेको पनि अध्यक्ष वैद्यले जानकारी दिईन ।

    पत्रकार सम्मेलनमा नाइमाका बोर्ड सदस्य सन्दीप शारडाले निजी क्षेत्र मुलुकको अर्थतन्त्रको प्रमुख आधार भएको उल्लेख गर्दै यस्ता प्रदर्शनीले लगानी प्रवर्द्धन, व्यापार विस्तार, रोजगारी सिर्जना तथा समग्र आर्थिक गतिविधिलाई गति दिने बताए । 

    नाइमा अटो शो योजना समितिका संयोजक गौरव शारडाले यस वर्षको एक्स्पोलाई अझ व्यवस्थित, सहज र सबैका लागि पहुँचयोग्य बनाइएको जानकारी दिए। मनसुनलाई ध्यानमा राखेर विशेष व्यवस्थापन गरिएको, अपाङ्गता भएका व्यक्तिका लागि सहज पहुँच सुनिश्चित गरिएको तथा आगन्तुकको सुविधाका लागि नेपाल पुलिस क्लबमा पार्किङको व्यवस्था गरिएको उनले बताए । 

    उनका अनुसार पठाओले यात्रु साझेदारका रूपमा एक्स्पो अवधिभर छुटसहितको सवारी सेवा उपलब्ध गराउनेछ भने युनियन पेको क्यूआरमार्फत टिकट खरिद गर्दा नगद फिर्ता ९क्यासब्याक० सुविधा पनि उपलब्ध हुनेछ।

    यस वर्षको एक्स्पोको अर्को प्रमुख आकर्षणका रूपमा नेपाल पुलिस क्लबस्थित ब्लु पेभिलियन सभाहलमा निःशुल्क सिकाइ सत्र सञ्चालन गरिनेछ। ती सत्रमा सवारी, प्रविधि, सडक सुरक्षा, उपभोक्ता सचेतना, सीप विकास, रोजगारी तथा नेपालको गतिशीलता क्षेत्रको भविष्यबारे विज्ञ, शिक्षाविद् तथा उद्योगका अगुवाहरूले आफ्नो धारणा राख्नेछन्।

    सह–प्रायोजक ग्लोबल आईएमई बैंकका नायब प्रमुख कार्यकारी अधिकृत सुमन पोखरेलले एक्स्पो अवधिभर विशेष बैंकिङ सेवा तथा सवारी खरिदका लागि आकर्षक कर्जा सुविधा उपलब्ध गराउनेछ ।

    त्यस्तै रेड बुल नेपालका बजार व्यवस्थापन प्रमुख श्रय कृष्ण श्रेष्ठले एक्स्पो अवधिभर आगन्तुकका लागि विभिन्न आकर्षक कार्यक्रम सञ्चालन गरिने जानकारी दिएको छ । 

    यस वर्षको एक्स्पोलाई ग्लोबल आईएमई बैंकले सह–प्रायोजक तथा रेड बुल नेपालले मुख्य पेय पदार्थ साझेदारका रूपमा सहयोग गरेका छन्। साथै विभिन्न बैंक, बीमा कम्पनी, प्रविधि, चार्जिङ सेवा, स्वास्थ्य सेवा, टिकटिङ, सञ्चार तथा कार्यक्रम व्यवस्थापनसँग सम्बन्धित संस्थाहरू साझेदारका रूपमा आबद्ध रहेका छन्।

    नाइमाका कार्यकारी निर्देशक राजकुमार दुलालले नाइमा नेपाल मोबिलिटी एक्स्पोलाई केवल सवारी प्रदर्शनी नभई नवप्रवर्तन, सिकाइ र भविष्यको गतिशीलताबारे राष्ट्रिय बहस गर्ने साझा मञ्चका रूपमा विकास गर्ने लक्ष्य रहेको बताए।

    नाइमाले परिवार, विद्यार्थी, व्यवसायी, नीति निर्माता, सञ्चारकर्मी तथा सर्वसाधारणलाई साउन २६ देखि ३१ गतेसम्म भृकुटीमण्डपमा आयोजना हुने नाइमा नेपाल मोबिलिटी एक्स्पो–२०२६ मा सहभागी भई नेपालको सबैभन्दा ठूलो सवारी तथा गतिशीलता प्रदर्शनीको हिस्सा बन्न आग्रह गरेको छ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend