२०८३, आश्विन १९ गते

images
  • राजनीति
  • प्रधानमन्त्री शाह–एडीबी अध्यक्ष कान्डा भेट :...

प्रधानमन्त्री शाह–एडीबी अध्यक्ष कान्डा भेट : जलविद्युत्, पर्यटन र सुशासनमा सहकार्य विस्तार गर्ने प्रतिबद्धता

प्रधानमन्त्री शाह–एडीबी अध्यक्ष कान्डा भेट : जलविद्युत्, पर्यटन र सुशासनमा सहकार्य विस्तार गर्ने प्रतिबद्धता

मंगलवार, आषाढ २३ २०८३१२:४२
मंगलवार, आषाढ २३ २०८३१२:४२
  • images

    काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाहसँग एसियाली विकास बैंक (एडीबी) का अध्यक्ष मासातो कान्डाले आज शिष्टाचार भेटवार्ता गरेका छन् । 

    ​नेपाल सरकार र एडीबीबीचको ६ दशक लामो विकास साझेदारीलाई अझ सुदृढ बनाउने सन्दर्भमा प्रधानमन्त्री शाह र एडीबीका अध्यक्ष कान्डाबीच भएको यस शिष्टाचार भेटमा दुवै पक्षले पारस्परिक सहकार्यप्रति प्रतिबद्धता व्यक्त गरे र

    ​प्रधानमन्त्री शाहका प्रेस तथा अनुसन्धान विज्ञ दिपा दाहालका अनुसार आधा घण्टा चलेको यस शिष्टाचार भेटमा प्रधानमन्त्री शाहले आगामी दिनमा सुशासन र पारदर्शितामार्फत नेपाको विकासको नयाँ फड्को मार्ने विश्वास व्यक्त गरे ।

    ​जलविद्युत् र पर्यटनलाई नेपालको अर्थतन्त्रको मेरुदण्डका रूपमा अघि बढाउने, डिजिटलाइजेसन र पर्यटकीय सडक पूर्वाधारमा सहकार्य गर्ने विषयमा दुवै पक्षबीच सकारात्मक छलफल भएको छ।

    ​भेटका क्रममा अध्यक्ष कान्डाले नेपालमा विकास सहयोग अझ विस्तार गर्ने प्रतिबद्धता व्यक्त गर्दै नेपालको आर्थिक विकास र समृद्धिका लागि एडीबी दीर्घकालीन साझेदारका रूपमा निरन्तर क्रियाशील रहने बताए । 

    ​उनले नेपालको आर्थिक क्षेत्रमा रहेको ठूलो सम्भावना, बलियो जनादेश र युवा नेतृत्वको प्रशंसा गर्दै नेपालको सफलतामा एडीबी सधैं साथ रहने प्रतिबद्धता दोहोर्‍याए । नेपालको युवा नेतृत्व र सुधारप्रतिको प्रतिबद्धता प्रेरणादायी रहेको उनको भनाइ छ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend