२०८३, आश्विन १९ गते

images
  • राजनीति
  • राष्ट्रपति पौडेलले गरे चार विधेयक प्रमाणीकरण,...

राष्ट्रपति पौडेलले गरे चार विधेयक प्रमाणीकरण, कार्यान्वयन प्रक्रिया अघि बढ्ने

राष्ट्रपति पौडेलले गरे चार विधेयक प्रमाणीकरण, कार्यान्वयन प्रक्रिया अघि बढ्ने

शुक्रवार, आषाढ २६ २०८३०७:३०
शुक्रवार, आषाढ २६ २०८३०७:३०
  • images

    काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले विभिन्न चारवटा विधेयक प्रमाणीकरण गरेका छन्। 

    राष्ट्रपति पौडेलले ‘सार्वजनिक खरिद (दोस्रो संशोधन) विधेयक, २०८३’, ‘सम्पत्ति शुद्धीकरण (मनी लाउन्डरिङ) निवारण (तेस्रो संशोधन) विधेयक, २०८३’, ‘सहकारी (पहिलो संशोधन) विधेयक, २०८३’ र ‘स्वास्थ्य विज्ञान प्रतिष्ठानसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक, २०८३’ बिहीबार प्रमाणीकरण गरेकाे राष्ट्रपति कार्यालयका प्रवक्ता रितेशकुमार शाक्यद्वारा जारी विज्ञप्तिमा उल्लेख छ । 

    सङ्घीय संसद्को बैठकबाट पारित भई प्रमाणीकरणका लागि ती विधेयक बिहीबार नै राष्ट्रपति कार्यालयमा पेस भएका थिए । 

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend