२०८३, आश्विन १९ गते

images
  • राजनीति
  • उर्जा उद्यमीसँग छलफल गर्दै प्रधानमन्त्री बालेन...

उर्जा उद्यमीसँग छलफल गर्दै प्रधानमन्त्री बालेन शाह

उर्जा उद्यमीसँग छलफल गर्दै प्रधानमन्त्री बालेन शाह

शुक्रवार, आषाढ २६ २०८३१०:१०
शुक्रवार, आषाढ २६ २०८३१०:१०
  • images

    काठमाडौँ । केही दिनयता विभिन्न क्षेत्रका उद्योगी–व्यवसायीसँग निरन्तर छलफल गर्दै आएका प्रधानमन्त्री वालेन्द्र शाह ९बालेन० ले आज (शुक्रबार) ऊर्जा क्षेत्रका उद्यमीहरूसँग पनि भेटवार्ता गर्ने भएका छन्।

    प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा बिहान ११:३० बजे हुने तय भएको उक्त भेटमा ऊर्जा क्षेत्रका उद्यमीहरू सहभागी हुने जनाईएको छ।

    ऊर्जा क्षेत्रका समसामयिक समस्या, लगानीको वातावरण, उत्पादन तथा प्रसारणमा देखिएका चुनौती र तिनको समाधानका उपायबारे छलफल गर्न प्रधानमन्त्रीले आफूहरूलाई बोलाएको एक ऊर्जा व्यवसायीले जानकारी दिएका छन्।

    प्रधानमन्त्री शाहले पछिल्ला दिनहरूमा विभिन्न क्षेत्रका व्यवसायी तथा निजी क्षेत्रका प्रतिनिधिहरूसँग नियमित संवाद गर्दै उनीहरूका समस्या सुन्ने र समाधानका उपाय खोज्ने पहललाई तीव्रता दिएका छन्।

    यसअघि उनले उद्योगी व्यवसायी र निर्माण व्यवसायीसँग छुट्टा छुट्टै भेटघाट गरिसकेका छन्। 

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend