२०८३, आश्विन १९ गते

images
  • स्वास्थ्य
  • वीर अस्पतालले भन्योः गणेश नेपालीको अवस्था...

वीर अस्पतालले भन्योः गणेश नेपालीको अवस्था अझै गम्भीर, जुनसुकै बेला बिग्रन सक्छ

वीर अस्पतालले भन्योः गणेश नेपालीको अवस्था अझै गम्भीर, जुनसुकै बेला बिग्रन सक्छ

शुक्रवार, आषाढ २६ २०८३११:०८
शुक्रवार, आषाढ २६ २०८३११:०८
  • images

    काठमाडौं। आत्मदाहको प्रयास गरेका मुगुको सोरु गाउँपालिका–१ निवासी २५ वर्षीय गणेश नेपालीको स्वास्थ्य अवस्था अझै गम्भीर रहेको चिकित्सकहरूले बताएका छन्।

    वीर अस्पतालले शुक्रबार पत्रकार सम्मेलन आयोजना गर्दै गणेश नेपालीको उपचारको अवस्थाबारे जानकारी गराएको हो। अस्पतालका चिकित्सकका अनुसार उनको अवस्था अझै पनि जोखिमपूर्ण रहेकाले स्वास्थ्यमा सुधार वा थप जटिलताबारे निश्चित रूपमा केही भन्न सकिने अवस्था छैन।

    पत्रकार सम्मेलनमा चिकित्सकहरूले गणेश नेपालीको उपचार सघन निगरानीमा भइरहेको जनाउँदै कुनै पनि समयमा उनको स्वास्थ्य अवस्था थप जटिल हुन सक्ने बताएका छन्। त्यसैले उनलाई निरन्तर सघन उपचार र चिकित्सकीय निगरानीमा राखिएको अस्पतालले जनाएको छ।

    आत्मदाहको प्रयासपछि गम्भीर घाइते भएका नेपालीको वीर अस्पतालमा उपचार भइरहेको छ। अस्पतालले उनको स्वास्थ्य अवस्थालाई ध्यानमा राख्दै आवश्यक सबै उपचार प्रक्रिया जारी रहेको र थप अवस्थाबारे समय–समयमा जानकारी गराइने जनाएको छ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend