२०८३, आश्विन १९ गते

images

टि–२० विश्वकपः भारत फाइनलमा प्रवेश

टि–२० विश्वकपः भारत फाइनलमा प्रवेश

सीएनएन खबर
शुक्रवार, आषाढ १४ २०८११०:५२
सीएनएन खबर
शुक्रवार, आषाढ १४ २०८११०:५२
  • images

    काठमाडौँ । इङ्ल्याण्डलाई पराजित गर्दै भारत आइसिसी टि–२० विश्वकप २०२४ को फाइनलमा प्रवेश गरेको छ ।
     
    गुयनामा गए राति सम्पन्न दोस्रो सेमिफाइनल खेलमा इङ्ल्याण्डलाई ६८ रनले हराउँदै भारत विश्वकपको फाइनमा पुगेको हो । यससँगै अब भारतले उपाधिका लागि दक्षिणअफ्रिकासँग खेल्नेछ । 

    फाइनल खेल भने भोलि राति हुनेछ । यसअघि भएको पहिलो सेमिफाइन खेलमा दक्षिणअफ्रिकाले अफगानिस्तानलाई नौ विकेटले हराउँदै विश्वकपको फाइनलमा पुगेको हो ।
     
    अन्तरराष्ट्रिय सञ्चारमाध्यमहरूका अनुसार खेलमा टस हारेर पहिला ब्याटिङ गरेको भारतले निर्धारित २० ओभरमा सात विकेट गुमाउँदै एक सय ७२ रनको लक्ष्य प्रस्तुत गरेको थियो । जवाफमा इङ्ल्याण्ड १६ दशमालव चार ओभरमा सबै विकेट गुमाउँदै एक सय तीन रनमा समेटिएको थियो । 

    इङ्ल्याण्डका लागि ह्यारी ब्ररुकले १९ बलमा सर्वाधिक २५ रन बनाएका छन् । त्यस्तै कप्तान जस बट्लरले १५ बलमा २३ रन जोडे । जोफ्रा अर्चरले २१ रन बनाए । बलिङतर्फ भारतका कुलदीप यादव र अक्षरले पटेलले समान तीन–तीन विकेट लिए भने जसप्रित बुमराहले एक विकेट झारे ।
     
    भारतको इनिङ्समा कप्तान रोहितले शर्माले सर्वाधिक ५७ रनको योगदान दिए । उनले ३९ बलमा छ चौका र दुई छक्कासहित सर्वाधिक ५७ रन बनाएका हुन् । त्यसैगरी सूर्यकुमार यादवले ४७, हार्दिक पाण्ड्याले २३ र रवीन्द्र जडेजाले १७ रन जोडे । इङ्ल्याण्डका लागि क्रिस जोर्डनले सर्वाधिक तीन विकेट लिएका थिए ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend