२०८३, आश्विन १९ गते

images
  • उर्जा
  • उर्जा उद्यमीलाई प्रधानमन्त्रीले दिए ऊर्जा विकासका...

उर्जा उद्यमीलाई प्रधानमन्त्रीले दिए ऊर्जा विकासका अवरोध हटाउने आश्वासन

उर्जा उद्यमीलाई प्रधानमन्त्रीले दिए ऊर्जा विकासका अवरोध हटाउने आश्वासन

शुक्रवार, आषाढ २६ २०८३०३:११
शुक्रवार, आषाढ २६ २०८३०३:११
  • images

    काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाहले ऊर्जा क्षेत्र नेपालको आर्थिक रूपान्तरण, रोजगारी सिर्जना, औद्योगिकरण र हरित विकासको महत्वपूर्ण आधार भएको बताएका छन् । 

    स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था  इपानका पदाधिकारीहरूसँग आज सिंहदरबारमा भएको छलफलमा प्रधानमन्त्री शाहले नेपालको निर्यात व्यापारको प्रवद्र्धनमा पनि उर्जा क्षेत्रको उल्लेख्य भूमिका रहने बताए । 

    उनले नेपालमा उर्जा उत्पादन तथा प्रवद्र्धनका क्षेत्रमा आइपरेका समस्या, अवसर र चुनौती जस्ता क्षेत्रमा इपानले उठाएका विषयहरूलाई नेपाल सरकारले गम्भीरतापूर्वक लिइएको स्पष्ट पारे । 

    प्रधानमन्त्री शाहले ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालय, नेपाल विद्युत् प्राधिकरण तथा सम्बन्धित सरोकारवाला निकायहरूसँग समन्वय गरी आवश्यक सहजीकरण र समाधानका लागि अघि बढ्ने आश्वासन पनि इपानका पदाधिकारीहरुलाई दिएका थिए । 

    त्यस छलफलका क्रममा ऊर्जा क्षेत्र, जलविद्युत् विकास, उर्जामा निजी क्षेत्रको लगानी र वातावरण, उद्योग–व्यवसाय प्रवद्र्धन र यसमार्फत मुलुकको अर्थतन्त्रको विकास जस्ता विषयमा छलफल तथा संवाद भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

    त्यस अवसरमा इपानका तर्फबाट विद्युत् खरिद सम्झौता, पिपिएको सहजीकरण, रोकिएका आयोजनाहरू अघि बढाउने विषय, प्रसारण लाइन तथा ग्रिड एक्सेसको समस्या समाधान, वन–वातावरण र जग्गा प्राप्तिसम्बन्धी प्रक्रियामा सरलीकरण, अनुमतिपत्र नवीकरणमा सहजीकरण, विद्युत् व्यापारमा निजी क्षेत्रको सहभागिता लगायतका क्षेत्र तथा विषयमा समेत छलफल भएको थियो ।

    साथै प्रधानमन्त्री शाहसँग लगानी सुरक्षा तथा ऊर्जा क्षेत्रलाई थप लगानीमैत्री बनाउने विषयमा पनि आवश्यक छलफल भएको थियो ।

    त्यस छलफलका क्रममा प्रधानमन्त्री शाहका प्रमुख सल्लाहकार कुमार व्यञ्जनकार र प्रमुख स्वकीय सचिव सुवास शर्मा, स्वकीय सचिव नविन भण्डारी पनि उपस्थिती रहेको थियो । 

    त्यसैगरी सो छलफलमा इपानका वरिष्ठ उपाध्यक्ष उत्तम भ्लोन, उपाध्यक्षहरु हिमप्रसाद पाठक, सुशन कर्माचार्य र उत्तरकुमार श्रेष्ठ, प्रमुख सल्लाहकार गणेश कार्की, महासचिव टिएन आचार्यलगायतको सहभागिता रहेको थियो । 

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend