२०८३, आश्विन १९ गते

images
  • विश्व
  • इरानमाथि अमेरिकाको तेस्रो चरणको आक्रमण, तनाव...

इरानमाथि अमेरिकाको तेस्रो चरणको आक्रमण, तनाव थप चुलियो

इरानमाथि अमेरिकाको तेस्रो चरणको आक्रमण, तनाव थप चुलियो

सीएनएन खबर
आइतवार, आषाढ २८ २०८३०७:४९
सीएनएन खबर
आइतवार, आषाढ २८ २०८३०७:४९
  • images

    काठमाडौँ । अमेरिकी सेन्ट्रल कमान्डले अमेरिकी सेनाले इरानविरुद्ध नयाँ आक्रमणहरू सुरु गरेको घोषणा गरेको छ ।

    अमेरिकाले यस साता इरानविरुद्ध गरेको यो आक्रमणको तेस्रो चरणको आक्रमण हो । यो आक्रमण अमेरिकी राष्ट्रपति तथा सेनाका सर्वोच्च कमान्डर डोनाल्ड ट्रम्पको निर्देशनमा सञ्चालन भइरहेको हो ।

    अमेरिकाको आक्रमणपछि इरानका विभिन्न स्थानमा विस्फोटका आवाजहरू सुनिएको छ ।

    इरानको मेहर न्यूज एजेन्सीका अनुसार, केश्म टापुमा ठूलो विस्फोटको आवाज सुनिएको छ ।

    इरानको सरकारी प्रसारण संस्था आईआरआईबीले बन्दर अब्बासमा तीन र सिरिकमा दुईवटा विस्फोट भएको जनाएको छ ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend