२०८३, आश्विन १९ गते

images
  • खेलकुद
  • किन कालो पट्टी बाँधेर मैदान उत्रिए...

किन कालो पट्टी बाँधेर मैदान उत्रिए मेस्सीसहितका अर्जेन्टिनी खेलाडी ?

किन कालो पट्टी बाँधेर मैदान उत्रिए मेस्सीसहितका अर्जेन्टिनी खेलाडी ?

आइतवार, आषाढ २८ २०८३१०:२१
आइतवार, आषाढ २८ २०८३१०:२१
  • images

    काठमाडौँ । फिफा विश्वकप–२०२६ को क्वार्टरफाइनलमा स्विट्जरल्यान्डविरुद्ध मैदान उत्रिएका अर्जेन्टिनाका कप्तान लियोनल मेस्सीसहितका खेलाडी हातमा कालो पट्टी (ब्ल्याक आर्मब्यान्ड) बाँधिएको अवस्थामा देखिए। धेरै समर्थकका लागि यो जिज्ञासाको विषय बने पनि यसको कारण अर्जेन्टिनी फुटबलका महान् पूर्वकप्तान एन्टोनियो राट्टिनप्रति श्रद्धाञ्जली अर्पण गर्नु थियो।

    अर्जेन्टिनी फुटबलका चर्चित मिडफिल्डर तथा सन् १९६६ को फिफा विश्वकपमा राष्ट्रिय टोलीका कप्तान रहेका राट्टिनको शनिबार निधन भएको थियो। उनको सम्मानमा अर्जेन्टिनाका खेलाडीहरूले स्विट्जरल्यान्डविरुद्धको क्वार्टरफाइनल खेलमा कालो आर्मब्यान्ड लगाएर मैदान प्रवेश गरेका हुन्।

    राट्टिन अर्जेन्टिनाको प्रतिष्ठित क्लब बोका जुनियर्सका सर्वकालीन उत्कृष्ट मिडफिल्डरमध्ये एक मानिन्छन्। सन् १९६६ को विश्वकपमा आयोजक इंग्ल्यान्डविरुद्धको क्वार्टरफाइनलमा उनले पाएको रेड कार्ड विश्वकप इतिहासकै सबैभन्दा विवादास्पद निर्णयमध्ये एकका रूपमा आज पनि चर्चित छ। त्यस घटनाले उनलाई अन्तर्राष्ट्रिय फुटबलमा विशेष पहिचान दिलाएको थियो।

    Argentina१.jpg

    यता, अर्जेन्टिना र स्विट्जरल्यान्डबीचको खेल सुरु हुनुअघि हालै निधन भएका अफ्रिकी फुटबलर जाडेन एडम्सको सम्झनामा दुवै टोलीका खेलाडी तथा उपस्थित दर्शकले एक मिनेट मौनधारण गरेका थिए।

    यद्यपि अर्जेन्टिनाका खेलाडीले हातमा बाँधेको कालो आर्मब्यान्ड जाडेन एडम्सका लागि नभई आफ्ना पूर्वकप्तान एन्टोनियो राट्टिनप्रति विशेष सम्मान र श्रद्धाञ्जली व्यक्त गर्न लगाइएको हो।

    Argentina.jpg

    फुटबलमा कुनै प्रतिष्ठित खेलाडी, प्रशिक्षक वा खेलसँग सम्बन्धित व्यक्तित्वको निधन हुँदा उनीप्रति सम्मान प्रकट गर्न खेलाडीहरूले कालो आर्मब्यान्ड लगाएर खेल्ने परम्परा लामो समयदेखि कायम छ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend