२०८३, आश्विन २० गते

images
  • समाचार
  • हेल्दी होमको २१ वर्षे यात्रा: विश्वास,...

हेल्दी होमको २१ वर्षे यात्रा: विश्वास, नवप्रवर्तन र उत्कृष्ट सेवाको निरन्तरता

हेल्दी होमको २१ वर्षे यात्रा: विश्वास, नवप्रवर्तन र उत्कृष्ट सेवाको निरन्तरता

सोमवार, आषाढ २९ २०८३०७:२०
सोमवार, आषाढ २९ २०८३०७:२०
  • images

    काठमाडौँ । नेपालको पहिलो तथा अग्रणी होलिस्टिक हेल्थ, एस्थेटिक्स र वेलनेस सेवा प्रदायक संस्था हेल्दी होमले आफ्नो २१औँ वार्षिकोत्सव विविध कार्यक्रमका साथ सम्पन्न गरेको छ। संस्थाले दुई दशकभन्दा लामो यात्रालाई समीक्षा गर्दै नयाँ पुस्ताको नेतृत्वमार्फत सेवा विस्तार, आधुनिक प्रविधिको प्रयोग र गुणस्तरीय स्वास्थ्य सेवालाई थप सुदृढ बनाउने प्रतिबद्धता व्यक्त गरेको छ।

    वि.सं. २०६३ मा मोहन भुसाल र कृष्ण भट्टराईको संयुक्त पहलमा स्थापना भएको हेल्दी होम हाल काठमाडौं र पोखरामा गरी चार शाखामार्फत सेवा प्रदान गर्दै आएको छ। संस्थाले हालसम्म ५० हजारभन्दा बढी सेवाग्राहीलाई सेवा उपलब्ध गराइसकेको जनाएको छ।

    हेल्दी होम विशेषगरी तौल व्यवस्थापन (Weight Management), बडी शेपिङ, स्किन तथा हेयर एनालाइसिस लगायतका सेवाका लागि परिचित छ। नेपालमा पहिलोपटक वैज्ञानिक तौल व्यवस्थापन सेवा तथा आधुनिक प्रविधि भित्र्याएर वेलनेस र ट्रान्सफर्मेसन सेवाको नयाँ मापदण्ड स्थापित गरेको संस्थाको दाबी छ।

    वार्षिकोत्सव समारोहमा बोल्दै संस्थापक तथा प्रमुख कार्यकारी अधिकृत मोहन भुसालले २१ वर्षको यात्रा कम्पनीका लागि गौरवको विषय मात्र नभई थप जिम्मेवारीको सुरुआत भएको बताए। उनले ग्राहकको विश्वास, कर्मचारीको समर्पण र सेवाप्रतिको प्रतिबद्धताले नै हेल्दी होमलाई आजको स्थानमा पुर्‍याएको उल्लेख गर्दै आगामी दिनमा नेपालभित्र मात्र नभई अन्तर्राष्ट्रिय स्तरसम्म वेलनेस सेवाको विस्तार गर्ने लक्ष्य रहेको बताए।

    उनले स्वस्थ जीवनशैलीप्रति सचेत समाज निर्माण गर्ने उद्देश्यका साथ स्थापना गरिएको हेल्दी होमलाई अब नयाँ पुस्ताको नेतृत्वले अझ उचाइमा पुर्‍याउने विश्वास व्यक्त गरे।

    healthy home.jpeg

    त्यस्तै, हेल्दी होमका म्यानेजिङ डाइरेक्टर मन्दिप भुसालले संस्थापकहरूले निर्माण गरेको २१ वर्षको विरासतलाई आधुनिक प्रविधि, नवीन सेवा र उत्कृष्ट ग्राहक अनुभवसँग जोड्दै अगाडि बढाउने प्रतिबद्धता जनाए। उनका अनुसार आगामी वर्षहरूमा नयाँ शाखा विस्तार, सेवा विविधीकरण तथा गुणस्तरीय वेलनेस सेवा देशभर सहज पहुँचमा पुर्‍याउने योजना रहेको छ।

    वार्षिकोत्सवको अवसरमा हेल्दी होमले विशेष ग्राहक सम्मान अभियान पनि सञ्चालन गरेको थियो। अभियानअन्तर्गत लक्की ड्रमार्फत विजेता छनोट गरी प्रथम पुरस्कारस्वरूप रु एक लाख नगद, दोस्रो पुरस्कारस्वरूप वेट लस कार्यक्रम, तेस्रो पुरस्कारस्वरूप स्किन केयर ह्याम्पर तथा चौथो पुरस्कारस्वरूप हेल्दी होम गिफ्ट ह्याम्पर प्रदान गरिएको कम्पनीले जनाएको छ।

    कम्पनीका अनुसार यो अभियान सेवाग्राहीको विश्वास र निरन्तर सहयोगप्रति कृतज्ञता व्यक्त गर्ने उद्देश्यले सञ्चालन गरिएको हो।

    हेल्दी होमले आगामी दिनमा ब्रान्ड विस्तार, अत्याधुनिक प्रविधिको समावेश, सेवा गुणस्तर अभिवृद्धि तथा वेलनेस र एस्थेटिक्स क्षेत्रमा थप प्रभावकारी भूमिका निर्वाह गर्दै स्वस्थ समाज निर्माणमा योगदान पुर्‍याउने लक्ष्य लिएको जनाएको छ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend