२०८३, आश्विन २० गते

images
  • समाचार
  • होल्डिङ सेन्टरका सुकुम्वासीलाई सिप र रोजगारीसँग...

होल्डिङ सेन्टरका सुकुम्वासीलाई सिप र रोजगारीसँग जोडिने श्रम मन्त्रालयको तयारी

होल्डिङ सेन्टरका सुकुम्वासीलाई सिप र रोजगारीसँग जोडिने श्रम मन्त्रालयको तयारी

मंगलवार, आषाढ ३० २०८३०७:१९
मंगलवार, आषाढ ३० २०८३०७:१९
  • images

    काठमाडौँ । सरकारले देशभरका होल्डिङ सेन्टरमा रहेका सुकुम्वासी युवाहरूलाई लक्षित गरी विशेष रोजगारीको योजना ल्याउने भएको छ । आइतबार बोडेस्थित होल्डिङ सेन्टरमा सुकुम्वासीसँग भेट गर्दै युवा, श्रम तथा रोजगार मन्त्री रामजी यादवले सुकुम्वासीलाई रोजगारी सुनिश्चित गर्न आवश्यकता पहिचान गरी त्यही अनुसारको सिप विकास तथा रोजगार कार्यक्रम ल्याउने बताए ।

    "यस कार्यक्रमले युवाहरूलाइ आर्थिक रुपमा सबल बनाउन मद्दत गर्नेछ।" मन्त्री यादवले भने। यसका लागि युवा, रोजगार तथा श्रम मन्त्रालयको आन्तरिक रोजगार महाशाखा र त्यस अन्तरगतका शाखाहरूले गृहकार्य गरिरहेका छन्। 

    सुकुम्वासी युवाहरूलाई लक्षित गरेर सिप, क्षमता विकास तथा रोजगारीसँग जोडिने कार्यक्रमहरूलाई सञ्चालन गर्ने गरी मन्त्रालयले सघनरुपमा काम गरिरहेको श्रम मन्त्री यादवको भनाइ छ। सुकुम्वासीको हकमा “ट्रेनिङ निड एसेस्मेन्ट”को आधारमा छनोट गरी उपयुक्त हुने खालका रोजगारी तथा उद्यमशिलतका कार्यक्रम सञ्चालन गरिनेछ। 

    आइतबार श्रममन्त्री यादव सहित मन्त्रीहरूको टोली सुकुम्वासीका गुनासो सुन्न र  समस्या समाधान गर्न भक्तपुरको खरिपाटी र बोडेमा रहेको होल्डिङ सेन्टर पुगेका थिए।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend