२०८३, आश्विन २० गते

images
  • समाचार
  • मुग्लिन–नारायणगढ सडकमा पहिरोको त्रास, प्रशासनद्वारा सवारी...

मुग्लिन–नारायणगढ सडकमा पहिरोको त्रास, प्रशासनद्वारा सवारी आवागमन बन्द

मुग्लिन–नारायणगढ सडकमा पहिरोको त्रास, प्रशासनद्वारा सवारी आवागमन बन्द

मंगलवार, आषाढ ३० २०८३०७:३०
मंगलवार, आषाढ ३० २०८३०७:३०
  • images

    काठमाडौँ । अविरल वर्षाका कारण मुग्लिन–नारायणगढ सडकखण्डमा लगातार पहिरो र लेदो खस्न थालेपछि स्थानीय प्रशासनले अर्को सूचना जारी नभएसम्मका लागि सबै प्रकारका सवारीसाधन सञ्चालनमा रोक लगाएको छ।

    मंगलबार बिहान बसेको जिल्ला विपद् व्यवस्थापन समिति चितवनको आपतकालीन बैठकले यात्रुको सुरक्षालाई मध्यनजर गर्दै उक्त निर्णय गरेको हो।

    प्रशासनका अनुसार सोमबार साँझदेखि नै मुग्लिन–नारायणगढ सडकखण्डअन्तर्गत तुइनखोलासहित विभिन्न स्थानमा पहिरो र लेदो खस्दा सडक पटक–पटक अवरुद्ध हुँदै आएको थियो। राति सडकमा अलपत्र परेका यात्रु तथा सवारीसाधनलाई पहिरो हटाएर सुरक्षित रूपमा गन्तव्यतर्फ पठाइएको थियो।

    तर, मंगलबार पनि निरन्तर वर्षा भइरहेकाले सडक क्षेत्रमा पहिरोको जोखिम उच्च रहेको भन्दै अर्को सूचना जारी नभएसम्म सवारी सञ्चालन पूर्ण रूपमा बन्द गरिएको प्रशासनले जनाएको छ।

    यसैबीच, मंगलबार बिहान जलवीरे नजिकै पनि पहिरो खसेको छ। सडक डिभिजन कार्यालय चितवनले पहिरो पन्छाउन आवश्यक मेसिन परिचालन गरिसकेको जनाएको छ।

    प्रशासनले अत्यावश्यक बाहेक यो सडक प्रयोग नगर्न तथा यात्रा गर्नै परे सडकको पछिल्लो अवस्थाबारे जानकारी लिएर सुरक्षाकर्मीको निर्देशन पालना गर्न आग्रह गरेको छ।

    सडकको अवस्थाबारे जानकारी लिन नेपाल प्रहरीको १००, सशस्त्र प्रहरी बलको १११४, जिल्ला आपत्कालीन कार्यसञ्चालन केन्द्रको १२३४ तथा जिल्ला प्रहरी कार्यालय चितवनका सूचना अधिकारीको ९८५५०१३९९९ नम्बरमा सम्पर्क गर्न सकिने प्रशासनले जनाएको छ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend