२०८३, आश्विन २० गते

images
  • समाचार
  • काठमाडौंबाट बाहिरिने सबै मुख्य नाका बन्द,...

काठमाडौंबाट बाहिरिने सबै मुख्य नाका बन्द, लामो दूरीका सवारी रोकिए

काठमाडौंबाट बाहिरिने सबै मुख्य नाका बन्द, लामो दूरीका सवारी रोकिए

मंगलवार, आषाढ ३० २०८३०७:३५
मंगलवार, आषाढ ३० २०८३०७:३५
  • images

    काठमाडौं। अविरल वर्षासँगै विभिन्न राजमार्गमा पहिरो र बाढीको जोखिम बढेपछि काठमाडौं उपत्यकाबाट बाहिरिने सबै प्रमुख नाकामा सवारी आवागमन रोकिएको छ। यात्रुको सुरक्षालाई ध्यानमा राख्दै लामो दूरीका सवारीसाधन बसपार्क तथा अन्य स्थानमै होल्ड गरिएको छ।

    उपत्यका ट्राफिक प्रहरी कार्यालय रामशाहपथका अनुसार नागढुंगा, साँगा र फर्पिङ हुँदै सञ्चालन हुने सबै लामो दूरीका सवारीसाधन अर्को सूचना जारी नभएसम्मका लागि रोकिएका छन्। सोमबार रातिदेखि नै रात्रिकालीन सवारी सञ्चालन बन्द गरिएको थियो भने मंगलबार बिहान पनि कुनै सवारी छुटाइएको छैन।

    ट्राफिक प्रहरी निरीक्षक किरण घिमिरेका अनुसार चितवनको केराबारी र तुइनखोलामा पहिरो खसेर मुग्लिन–नारायणगढ सडकखण्ड अवरुद्ध भएकाले नागढुंगा–मुग्लिन मार्ग हुँदै आवतजावत बन्द गरिएको हो।

    त्यसैगरी, बीपी राजमार्गअन्तर्गत रोशी खोलामा पानीको बहाव बढ्नुका साथै मंगलटार क्षेत्रमा लेदोसहितको पहिरो खसेपछि उक्त सडक हुँदै यात्रा गर्न पनि रोक लगाइएको छ।

    फर्पिङ–फाखेल–सिन्नेरी हुँदै हेटौंडा जोड्ने सडक पनि अवरुद्ध भएको छ। कान्तिपथअन्तर्गत पाङ्दुरे र टाकुन्जे क्षेत्रमा गएको पहिरोका कारण उक्त मार्गसमेत बन्द रहेको प्रहरीले जनाएको छ।

    ट्राफिक प्रहरीले वर्षा र मौसमको अवस्थाको निरन्तर मूल्याङ्कन गर्दै जोखिम विश्लेषणका आधारमा सवारी सञ्चालनबारे निर्णय गरिने जनाएको छ।

    यसअघि जिल्ला प्रशासन कार्यालय चितवनले पनि मुग्लिन–नारायणगढ सडकखण्डमा पहिरोको उच्च जोखिम रहेको भन्दै अर्को सूचना जारी नभएसम्म सबै प्रकारका सवारीसाधन सञ्चालनमा रोक लगाएको थियो।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend