२०८३, आश्विन २० गते

images

पहिरो हटेपछि मुग्लिन–नारायणगढ सडक दुईतर्फी सञ्चालनमा

पहिरो हटेपछि मुग्लिन–नारायणगढ सडक दुईतर्फी सञ्चालनमा

सीएनएन खबर
मंगलवार, आषाढ ३० २०८३१०:२५
सीएनएन खबर
मंगलवार, आषाढ ३० २०८३१०:२५
  • images

    चितवन । पहिरोका कारण अवरुद्ध भएको मुग्लिन–नारायणगढ सडकखण्ड आज बिहान ८ बजेदेखि पुनः दुईतर्फी सञ्चालनमा आएको छ।

    सडक डिभिजन कार्यालय भरतपुरले सूचना जारी गर्दै बिहानैदेखि डोजर तथा अन्य उपकरण परिचालन गरी बाँकी रहेको पहिरो हटाइएपछि सडकमा सवारी आवागमन सुचारु भएको जनाएको छ।

    कार्यालयले सडक पूर्ण रूपमा खुले पनि लेन अनुशासन पालना गर्दै सीमित गतिमा सवारी सञ्चालन गर्न चालकलाई आग्रह गरेको छ।

    निरन्तर वर्षाका कारण विभिन्न स्थानमा पहिरो खसिरहेपछि सोमबार साँझदेखि मुग्लिन–नारायणगढ सडक पूर्ण रूपमा अवरुद्ध भएको थियो। अहिले पनि वर्षा जारी रहेकाले थप पहिरोको जोखिम कायम रहेको भन्दै आवश्यक सतर्कता अपनाउन सम्बन्धित निकायले अनुरोध गरेका छन्।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend