काठमाडौँ। जनकपुरधामबाट ‘पैदल न्याय मार्च’ गर्दै काठमाडौंतर्फ आउँदै गरेका मिटरब्याज पीडितसँग गृहमन्त्री सुधन गुरुङले बाराको निजगढमा भेटवार्ता गरेका छन्।
गृहमन्त्री भेट्न आउने जानकारी पाएपछि मिटरब्याज पीडितहरू बिहानैदेखि निजगढमा रोक्किएका थिए। त्यसपछि उद्योग वाणिज्य संघ निजगढको सभाहलमा गृहमन्त्री गुरुङ र पीडितबीच छलफल सुरु भएको हो।
भेटका क्रममा गृहमन्त्री गुरुङले मिटरब्याज पीडितका माग, समस्या तथा तिनको समाधानका सम्भावित उपायबारे छलफल गरिरहेका छन्।
मिटरब्याज पीडित संघर्ष समितिका नेता मनोज पासवानका अनुसार उद्योग वाणिज्य संघ निजगढको सभाहलमा संवाद जारी रहेको छ। सरकार र पीडितबीचको यो छलफललाई माग सम्बोधनतर्फको महत्वपूर्ण पहलका रूपमा हेरिएको छ।

