२०८३, आश्विन २० गते

images
  • समाचार
  • 'ट्राफिक प्रहरीले जरिवानाबाट २५ प्रतिशत भत्ता...

'ट्राफिक प्रहरीले जरिवानाबाट २५ प्रतिशत भत्ता पाउँछ' भन्ने समाचार भ्रामक : नेपाल प्रहरी

'ट्राफिक प्रहरीले जरिवानाबाट २५ प्रतिशत भत्ता पाउँछ' भन्ने समाचार भ्रामक : नेपाल प्रहरी

सीएनएन खबर
मंगलवार, आषाढ ३० २०८३११:३१
सीएनएन खबर
मंगलवार, आषाढ ३० २०८३११:३१
  • images

    काठमाडौं । नेपाल प्रहरीले ट्राफिक प्रहरीले ट्राफिक नियम उल्लंघनबापत उठाइने जरिवानाबाट २५ प्रतिशत विशेष भत्ता पाउने भन्ने दाबी पूर्ण रूपमा भ्रामक र तथ्यहीन भएको स्पष्ट पारेको छ।

    मंगलबार प्रेस विज्ञप्ति जारी गर्दै नेपाल प्रहरीले ट्राफिक नियम उल्लंघनबापत संकलन हुने जरिवाना रकम सिधै नेपाल सरकारको राजस्व खातामा जम्मा हुने व्यवस्था रहेको र त्यसबाट ट्राफिक प्रहरीलाई कुनै अतिरिक्त शुल्क, सुविधा वा भत्ता दिने कानुनी व्यवस्था नरहेको जनाएको छ।

    प्रहरीले तथ्य र आधिकारिक जानकारीबिनै अनुमानका आधारमा समाचार तथा टिप्पणी प्रकाशित वा प्रसारित हुँदा आमनागरिकमा भ्रम सिर्जना हुने, सार्वजनिक संस्थाप्रतिको विश्वासमा नकारात्मक असर पर्ने तथा प्रशासनिक प्रक्रियालाई अनावश्यक रूपमा विवादित बनाउने अवस्था सिर्जना हुन सक्ने उल्लेख गरेको छ।

    नेपाल प्रहरीले सञ्चारमाध्यम तथा सामाजिक सञ्जाल प्रयोगकर्तालाई समाचार प्रकाशन वा प्रसारणअघि सम्बन्धित निकायबाट तथ्य पुष्टि गर्न तथा जिम्मेवारीपूर्वक सूचना सम्प्रेषण गर्न आग्रह गरेको छ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend