२०८३, आश्विन २० गते

images
  • समाचार
  • पहिरो, आत्मदाह, इन्धन अभाव र विद्युत्...

पहिरो, आत्मदाह, इन्धन अभाव र विद्युत् संकटबारे संसदमा सरकारको ध्यानाकर्षण

पहिरो, आत्मदाह, इन्धन अभाव र विद्युत् संकटबारे संसदमा सरकारको ध्यानाकर्षण

मंगलवार, आषाढ ३० २०८३०१:०७
मंगलवार, आषाढ ३० २०८३०१:०७
  • images

    काठमाडौँ । प्रतिनिधिसभाको आजको आकस्मिक समयमा भाग लिने सांसदहरूले समसामयिक र जनचासोका विषयमा सरकारको ध्यानाकर्षण गराएका छन् ।

    प्रतिनिधिसभाको बैठकमा सांसद डा अमरेशकुमार सिंहले जनतामा निराशा छाएको अवस्थामा सरकार तथा प्रतिपक्ष दलहरूले उत्साह भर्ने खालको गतिविधि सञ्चालन गर्नुपर्ने धारणा व्यक्त गरे । 

    “जनता र लोकतन्त्र रहेमात्रै मुलुक रहन्छ”, उनले भने, “अहिले देखिएको निराशा र नैराश्यता चिर्नका लागि सत्तापक्ष र प्रतिपक्षहरू एकजुट भएर राष्ट्रिय निर्माणमा अग्रसर हुनुपर्ने बेला भइसकेको छ ।” 

    सांसद सिंहले पछिल्लो हप्ता आत्मदाहको प्रयास गरेर मृत्युवरण गरेका तीनै जना युवाप्रति श्रद्धाञ्जली व्यक्त गरे । 
     
    सांसद खडकबहादुर बुढाले अविरल वर्षासँगै यही असार २८ गते आएको पहिरोले घर पुरिएर भेरी नगरपालिकाका जयशीला शाहको मृत्यु भएकामा सरकारको गम्भीर ध्यानाकर्षण गराए । सांसद बुढाले भूकम्प प्रभावित जनताले कहिलेसम्म यस्तो खालको घटनामा ज्यान गुमाउनुपर्ने हो भनी सरकारसँग जवाफ माग गरे । 

    सांसद नरेन्द्रकुमार केरुङ वर्षायाम सुरु भएसँगै इलाम, पाँचथर र ताप्लेजुङमा पेट्रोलियम पदार्थसहित एलपिजी ग्यासलगायतको चरम अभाव भई सर्वसाधारणको जनजीवन प्रभावित भएको विषयलाई गम्भीर रुपमा लिन सरकारको ध्यानाकर्षण गराए ।

    उनले मेची राजमार्गअन्र्तगतको राजदुवाली सडकखण्डको नियमित मर्मतसम्भार नहुँदा सर्वसाधारणले सास्ती खेप्नुपरेकाले  मर्मतसम्भारको काम अघि बढाउन अनुरोध गरे । 

    सांसद दीपककुमार साहले दैनिक १२ देखि १८ घण्टासम्म विद्युत्को आपूर्ति नहुँदा सुनसरीका जनताले सास्ती व्यहोर्नुपरेकोतर्फ सरकारको ध्यानाकर्षण गराए । उनले विद्युत्को नियमित मर्मतसम्भारका लागि नेपाल सरकारसँग माग गरे ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend