२०८३, आश्विन २० गते

images
  • समाचार
  • डेढ महिनापछि संसद्‌मा पुगे प्रधानमन्त्री, एमालेले...

डेढ महिनापछि संसद्‌मा पुगे प्रधानमन्त्री, एमालेले भन्योः नियमावलीको उल्लंघन

डेढ महिनापछि संसद्‌मा पुगे प्रधानमन्त्री, एमालेले भन्योः नियमावलीको उल्लंघन

मंगलवार, आषाढ ३० २०८३०१:५५
मंगलवार, आषाढ ३० २०८३०१:५५
  • images

    काठमाडौँ । नेकपा एमालेले प्रधानमन्त्री बालेन शाह र रास्वपा सभापति रवि लामिछाने संसद् बैठकमा प्रवेश गर्दा नियमावलीको उल्लंघन भएको भन्दै रुलिङको माग गरेको छ ।

    एमाले सांसद ऐन महरले प्रतिनिधिसभा नियमावलीको नियम २० को खण्ड छ मा भएको व्यवस्था प्रधानमन्त्री शाह र सभापति लामिछानेले उल्लंघन गरेको बताए ।

    ‘प्रतिनिधिसभा नियमावली नियम २० को खण्ड छ मा सभामुखको आसन तथा बोलिरहेको सदस्यको बीचमा हिंड्न नहुने व्यवस्था गरेको छ,’ महरले भने, ‘तर बिडम्बना माननीय खुश्बु ओली बोल्दै हुनुहुन्थ्यो । सम्माननीय प्रधानमन्त्रीज्यू र सत्तापक्षका सभापतिज्यू त्यो नियमको उल्लंघन गरेर हिंड्नुभएकोले म यसमा नियमापत्ति गर्दै सम्माननीय सभामुखको ध्यानाकर्षण गर्न चाहन्छु र यसमा रुलिङको माग पनि गर्दछु ।’

    प्रधानमन्त्री शाह र सभापति लामिछाने बैठकमा पुग्दा राप्रपा सांसद खुश्बु ओलीले आफ्नो भनाइ राखिरहेकी थिइन् ।

     

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend