२०८३, आश्विन २० गते

images
  • समाचार
  • नक्कली भुटानी शरणार्थी प्रकरणमाः टोपबहादुर अब...

नक्कली भुटानी शरणार्थी प्रकरणमाः टोपबहादुर अब १० महिना र इन्द्रजित राई अढाई महिनापछि छुट्ने

नक्कली भुटानी शरणार्थी प्रकरणमाः टोपबहादुर अब १० महिना र इन्द्रजित राई अढाई महिनापछि छुट्ने

मंगलवार, आषाढ ३० २०८३०९:१६
मंगलवार, आषाढ ३० २०८३०९:१६
  • images

    काठमाडौँ । नक्कली भुटानी शरणार्थी प्रकरणमा काठमाडौं जिल्ला अदालतले कसुरदार ठहर भएका प्रतिवादीहरूको सजाय निर्धारण भएको छ ।

    यो प्रकरणमा पूर्व उपप्रधानमन्त्री टोपबहादुर रायमाझी, पूर्वसचिव टेकनारायण पाण्डे र पूर्वगृहमन्त्रीका सुरक्षा सल्लाहकार डा। ईन्द्रजित राई मुख्य कसुरदार ठहरिएका छन् भने पूर्वगृहमन्त्री बालकृष्ण खाण र शरणार्थी नेता टेकनाथ रिजालसहितका व्यक्तिहरू मतियारका रूपमा दोषी ठहर भएका छन् ।

    अदालतले जिल्ला सरकारी वकिल कार्यालय र प्रतिवादीका कानुन व्यवसायीहरूलाई समेत सोही मितिको जानकारी दिई सजाय पूर्वको प्रतिवेदन र अन्य आवश्यक प्रक्रिया पूरा गर्न आदेश दिएको छ । काठमाडौं जिल्ला अदालतको यो फैसलाविरुद्ध थुनामा रहेका र बाहिर रहेका कसुरदारले अब उच्च र सर्वोच्चमा पुनरावेदन गर्न पाउनेछन् ।

    ३१ जनालाई प्रतिवादी बनाइएको यस मुद्दामा १६ जना दोषी ठहर भएका छन् भने सात जनाले सफाइ पाएका छन् । अन्य प्रतिवादीको हकमा अदालतले अभियोगअनुसार फरक–फरक फैसला गरेको थियो ।

    नेपालको फौजदारी कसुर (सजाय निर्धारण तथा कार्यान्वयन) ऐन, २०७४ अनुसार ३ वर्षभन्दा बढी कैद हुने मुद्दामा कसुर ठहर भएको ३० दिनभित्र सजाय निर्धारणका लागि छुट्टै सुनुवाइ गर्नुपर्ने हुन्छ ।

    जिल्ला अदालतबाट ४ वर्षको जेल सजाय पाएका पूर्वउपप्रधानमन्त्री टोपबहादुर रायमाझी अब १० महिनामा छुट्ने भएका छन् । उनी पक्राउ परेदेखि अहिलेसम्म ३ वर्ष २ महिना थुनामा बसिसकेको हुँदा बाँकी १० महिना जेल बसे पुग्ने भएको हो ।

    अदालतले तोकेको जेल सजाय कार्यान्वयन गरिँदा यसअघि हिरासतमा बसेकादेखि हिसाब हुने कानूनी प्रावधान रहेको छ । रायमाझी २०८० वैशाख ३१ गते पक्राउ परेका थिए । रायमाझीलाई अदालतले पुर्पक्षका लागि थुनामा राख्ने आदेश दिएको थियो । त्यसैले उनी निरन्तर जेलमै छन् । गत जेनजी आन्दोलनका क्रममा जेल ब्रेक हुँदा रायमाझी १५ दिनजति बाहिर बसेका थिए । पछि आफैँ फिर्ता भए ।

    अर्का पूर्वमन्त्री बालकृष्ण खाण भने करिब १ वर्ष ५ महिना जेल बस्नुपर्ने छ । उनलाई २ वर्षको जेल सजाय सुनाइएको छ । यसअघि उनी ७ महिनाजति थुनामा बसेका छन् ।

    अदालतले उनलाई धरौटीमा छोडेको थियो । उनी थुनामा बसेको अवधि कटाएर बाँकी अवधि जेल बस्नुपर्ने छ । यो हिसाबले खाँणभन्दा पहिले रायमाझी थुनामुक्त हुने देखिनछ ।

    यस्तै, दोषी ठहर भएका डा. इन्द्रजित राई अढाई महिनापछि छुट्ने भएका छन्। उनलाई एकीकृततर्फ ४ वर्ष कैद र ४० हजार जरिबाना तोकिए पनि उमेरहदका कारण उनले सजायमा छुट पाउने भएका हुन्। उनलाई मुख्य दोषीका रूपमा सजाय तोकिएको हो।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend