२०८३, आश्विन १९ गते

images
  • उर्जा
  • म्याग्दीमा बाढीले रेलेखोला जलविद्युत्को बाँधमा क्षति,...

म्याग्दीमा बाढीले रेलेखोला जलविद्युत्को बाँधमा क्षति, विद्युत् उत्पादन रोकियो

म्याग्दीमा बाढीले रेलेखोला जलविद्युत्को बाँधमा क्षति, विद्युत् उत्पादन रोकियो

सीएनएन खबर
बुधवार, आषाढ ३१ २०८३०७:४३
सीएनएन खबर
बुधवार, आषाढ ३१ २०८३०७:४३
  • images

    काठमाडौँ । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४ नारच्याङस्थित ६ मेगावाट क्षमताको रेलेखोला जलविद्युत् आयोजना बाढीका कारण बन्द भएको छ ।

    आयोजनाको बाँध ९इन्टेक०मा बाढी पसेर क्षति पुगेपछि यही असार २८ गतेदेखि विद्युत् उत्पादन रोकिएको आयोजनाले जनाएको छ ।

    आयोजनाका प्रमुख दार्शनिक काफ्लेका अनुसार बाँधसम्म पुग्ने सडक पनि पहिरोले अवरुद्ध भएको छ । बाढीले बाँधमा क्षति पु¥याएको छ भने विद्युत् उत्पादन बन्द हुँदा आयोजनाले आर्थिक नोक्सानी पनि व्यहोर्नुपरेको छ ।

    गत वर्ष निर्माणसम्पन्न भएको यस आयोजनाको विद्युत दाना सबस्टेशनमार्फत राष्ट्रिय प्रसारण लाइनमा जोडिएको छ ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend