२०८३, आश्विन १९ गते

images
  • राजनीति
  • सिंहदरबारको दक्षिण गेटमा अनेरास्ववियुको मोटरसाइकलसहित प्रदर्शन,...

सिंहदरबारको दक्षिण गेटमा अनेरास्ववियुको मोटरसाइकलसहित प्रदर्शन, अध्यक्ष धामीसहित ६ जना पक्राउ

सिंहदरबारको दक्षिण गेटमा अनेरास्ववियुको मोटरसाइकलसहित प्रदर्शन, अध्यक्ष धामीसहित ६ जना पक्राउ

बुधवार, आषाढ ३१ २०८३१०:१४
बुधवार, आषाढ ३१ २०८३१०:१४
  • images

    काठमाडौँ । नेकपा (एमाले) निकट विद्यार्थी संगठन अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु) ले सिंहदरबारको दक्षिण गेटअगाडि मोटरसाइकल तेर्स्याएर विरोध प्रदर्शन गरेको छ। प्रदर्शनका क्रममा सडक अवरुद्ध गरेको आरोपमा अनेरास्ववियुका केन्द्रीय अध्यक्ष दीपक धामीसहित ६ जना विद्यार्थी नेतालाई प्रहरीले नियन्त्रणमा लिएको छ।

    अनेरास्ववियुका कार्यकर्ताले मंगलबार बिहान सिंहदरबारको दक्षिण गेटअगाडिको व्यस्त सडकमा मोटरसाइकल तेर्स्याएर प्रदर्शन गर्दै ‘गरिबको आवाज दबाउन पाइँदैन’ लगायतका नारा लेखिएका प्लेकार्ड प्रदर्शन गरेका थिए। प्रदर्शनका कारण केहीबेर उक्त क्षेत्रमा सवारी आवागमन प्रभावित भएको थियो।

    aakhil1.jpg

    सडक अवरुद्ध गर्दै सरकारविरुद्ध नाराबाजी सुरु भएपछि घटनास्थलमा खटिएको नेपाल प्रहरीले हस्तक्षेप गर्दै सडक खुलाएको थियो। त्यसक्रममा प्रदर्शनको नेतृत्व गरिरहेका अनेरास्ववियुका अध्यक्षसहित सात जना विद्यार्थी नेतालाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ।

    प्रहरी नियन्त्रणमा परेकाहरूमा अनेरास्ववियुका केन्द्रीय अध्यक्ष दीपक धामी, निर्वाचन आयोगका अध्यक्ष जितप्रसाद सिटौला, केन्द्रीय सचिवालय सदस्य विशाल खड्का, उपत्यका विशेष बागमती प्रदेश संयोजक रवि मगर, केन्द्रीय सदस्य विष्णु उपरकोटी, कानुन राष्ट्रिय कमिटीका सचिव सुदीप थापा तथा सीटीईभीटी (CTEVT) कमिटीका सदस्य सिरिस बुढाथोकी रहेका छन्।

    प्रदर्शनको कारण तथा पक्राउ परेकामाथिको कानुनी प्रक्रिया सम्बन्धमा प्रहरीले थप विवरण सार्वजनिक गर्न बाँकी रहेको छ।

    aakhil2.jpg

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend