२०८३, आश्विन २० गते

images
  • समाचार
  • मध्य र पश्चिम नेपालमा वर्षा बढ्ने,...

मध्य र पश्चिम नेपालमा वर्षा बढ्ने, सतर्कता अपनाउन मौसमविद्को आग्रह

मध्य र पश्चिम नेपालमा वर्षा बढ्ने, सतर्कता अपनाउन मौसमविद्को आग्रह

सीएनएन खबर
बुधवार, आषाढ ३१ २०८३१२:२१
सीएनएन खबर
बुधवार, आषाढ ३१ २०८३१२:२१
  • images

    काठमाडौँ । मौसमविद्ले आगामी केही दिन मध्य र पश्चिम नेपालमा वर्षाको क्रम क्रमशः बढ्दै जाने पूर्वानुमान गरेका छन् ।

    जल तथा मौसम विज्ञान विभागका मौसमविद् सञ्जीव अधिकारीले सोमबार र मङ्गलबारको तुलनामा बुधबार वर्षामा केही कमी आए पनि बिहीबारदेखि भने मध्य र पश्चिम नेपालमा वर्षाको क्रम बढ्ने पूर्वानुमान रहेको बताए । 

    विभागका अनुसार हाल देशभर मनसुनी वायुको प्रभाव कायम छ । मनसुनको न्यूनचापीय रेखा पश्चिम क्षेत्रमा सरदर स्थानभन्दा केही उत्तरतर्फको तराई नजिक तथा पूर्वी क्षेत्रमा सरदर स्थानकै आसपास रहेकाले मध्य र पश्चिम क्षेत्रमा वर्षाको गतिविधि बढ्ने सङ्केत देखिएको विभागको भनाइ छ ।

    अधिकारीका अनुसार हिमाली र तराई भूभागमा अहिले सामान्यदेखि पूर्ण बदली छ । पछिल्लो १२ घण्टामा सबैभन्दा बढी वर्षा बझाङमा ५४।८ मिलीमिटर मापन भएको छ । यस्तै, पछिल्लो २४ घण्टामा सिन्धुपाल्चोक आसपास तथा कोशी प्रदेशका केही स्थानमा भारी वर्षा भएको विभागले जनाएको छ ।

    मौसमविद् अधिकारीका अनुसार आज हिमाली क्षेत्रमा मध्यम वर्षाको सम्भावना छ । त्यस्तै कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी भूभागमा पनि वर्षा हुने सम्भावना छ ।

    कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका तराई क्षेत्रका केही स्थानमा वर्षा हुने सम्भावना रहे पनि मधेस प्रदेशमा तुलनात्मक रूपमा कम वर्षा हुने पूर्वानुमान छ ।

    विभागले भारी वर्षा हुने क्षेत्रका बासिन्दालाई नदी तथा खोला आसपास, पहिरो जोखिम स्थान तथा कमजोर भूबनोट भएका क्षेत्रमा रहँदा आवश्यक सतर्कता अपनाउन आग्रह गरेको छ ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend