२०८३, आश्विन १९ गते

images
  • राजनीति
  • सुदूरपश्चिम सरकारको बजेटमा सहमति नजुटेपछि मुख्यमन्त्रीले...

सुदूरपश्चिम सरकारको बजेटमा सहमति नजुटेपछि मुख्यमन्त्रीले गरे एमालेका मन्त्री बर्खास्त

सुदूरपश्चिम सरकारको बजेटमा सहमति नजुटेपछि मुख्यमन्त्रीले गरे एमालेका मन्त्री बर्खास्त

बुधवार, आषाढ ३१ २०८३०२:०१
बुधवार, आषाढ ३१ २०८३०२:०१
  • images

    काठमाडौँ । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले नेकपा (एमाले) बाट सरकारमा सहभागी सबै मन्त्रीलाई बर्खास्त गरेका छन्। सत्ता साझेदार दलबीच बजेटलाई लिएर लामो समयदेखि देखिएको विवाद चर्किएपछि मुख्यमन्त्री शाहले उक्त निर्णय गरेका हुन्।

    यसअघि मुख्यमन्त्री शाहले एमालेलाई सरकारमा रहने वा बाहिरिने विषयमा तत्काल स्पष्ट निर्णय गर्न आग्रह गरेका थिए। त्यसपछि एमाले नेतृत्व आन्तरिक छलफलमा जुटेको थियो। यता, एमालेले साथ नदिए सरकारको आगामी रणनीति कस्तो बनाउने भन्ने विषयमा मुख्यमन्त्री शाह पनि परामर्शमा थिए।

    एमालेले सरकारलाई निरन्तर समर्थन नदिने संकेत पाएपछि मुख्यमन्त्री शाहले एमालेका मन्त्रीलाई पदमुक्त गर्ने निर्णय गरेका हुन्।

    कांग्रेस र एमालेबीच आर्थिक वर्ष २०८३/८४ को प्रदेश बजेटलाई लिएर लामो समयदेखि मतभेद रहँदै आएको थियो। एमालेले बजेटमा खर्च कटौती गर्नुपर्ने प्रस्ताव अघि सारेको थियो भने मुख्यमन्त्री शाहले उक्त प्रस्ताव फिर्ता लिन आग्रह गरेका थिए। तर एमालेले आफ्नो अडान नछाडेपछि सत्ता साझेदारीमा थप तनाव उत्पन्न भएको थियो।

    असार मसान्तभित्र प्रदेशको बजेट पारित गर्नुपर्ने संवैधानिक बाध्यताबीच सत्ता साझेदार दलबीचको विवादले सरकार थप दबाबमा परेको थियो। यही राजनीतिक गतिरोधका बीच मुख्यमन्त्री शाहले एमालेका मन्त्रीलाई बर्खास्त गर्दै नयाँ राजनीतिक समीकरणको संकेत दिएका छन्।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend