२०८३, आश्विन २० गते

images
  • समाचार
  • महिला उद्यमशीलता प्रवर्द्धनबारे प्रधानमन्त्री शाहले आज...

महिला उद्यमशीलता प्रवर्द्धनबारे प्रधानमन्त्री शाहले आज महिला उद्यमी महासंघसँग छलफल गर्दै

महिला उद्यमशीलता प्रवर्द्धनबारे प्रधानमन्त्री शाहले आज महिला उद्यमी महासंघसँग छलफल गर्दै

बिहिवार, आषाढ ३२ २०८३१२:०३
बिहिवार, आषाढ ३२ २०८३१२:०३
  • images

    काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाहले आज महिला उद्यमी महासंघका पदाधिकारीहरूसँग प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा विशेष छलफल गर्दै छन् ।

    केहीबेरमा सुरु हुने उक्त भेटवार्तामा महिला उद्यमशीलताको प्रवर्द्धन, नीतिगत सुधार, उद्योग तथा व्यवसाय क्षेत्रमा महिलाको सहभागिता विस्तार र उद्यमीमैत्री वातावरण निर्माणलगायत विषयमा प्रधानमन्त्री शाह र महासंघका प्रतिनिधिबीच छलफल हुने कार्यक्रम छ।

    बैठकमा महिला उद्यमी महासंघका अध्यक्ष दर्शना श्रेष्ठ, तृतीय उपाध्यक्ष महालक्ष्मी श्रेष्ठ, महासचिव सविता सुवेदी, सचिव डिकिला शेर्पा लामा तथा कार्यकारिणी सदस्य अनुजा राजभण्डारी श्रेष्ठ सहभागी हुनेछन्।

    महिला उद्यमशीलता प्रवर्द्धन, लगानीको पहुँच, व्यवसाय सञ्चालनमा देखिएका चुनौती तथा निजी क्षेत्रसँग सरकारको सहकार्यलाई प्रभावकारी बनाउने विषयमा महासंघले आफ्ना सुझाव प्रधानमन्त्रीसमक्ष प्रस्तुत गर्ने अपेक्षा गरिएको छ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend