२०८३, आश्विन १९ गते

images
  • राजनीति
  • प्रधानमन्त्री शाह र राजेन्द्र लिङ्देनबीच भेट,...

प्रधानमन्त्री शाह र राजेन्द्र लिङ्देनबीच भेट, समसामयिक घटनाक्रमबारे छलफल

प्रधानमन्त्री शाह र राजेन्द्र लिङ्देनबीच भेट, समसामयिक घटनाक्रमबारे छलफल

बिहिवार, आषाढ ३२ २०८३०३:२२
बिहिवार, आषाढ ३२ २०८३०३:२२
  • images

    काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाह र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देनबीच आज प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा भेटवार्ता भइरहेको छ।

    केहीबेरअघि सुरु भएको छलफलमा मुलुकको समसामयिक राजनीतिक अवस्था, राष्ट्रिय सरोकारका विषय तथा आपसी हितका विविध मुद्दामा विचार–विमर्श भइरहेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।

    भेटमा राप्रपा अध्यक्ष लिङ्देनसँगै पार्टीका वरिष्ठ उपाध्यक्ष बुद्धिमान तामाङ तथा केन्द्रीय सदस्य एवं प्रतिनिधिसभा सदस्य खुस्बु ओली पनि सहभागी छन्।

    प्रधानमन्त्री र प्रमुख प्रतिपक्षी दलका नेताबीच भइरहेको यो भेटलाई पछिल्ला राजनीतिक घटनाक्रम र समसामयिक राष्ट्रिय विषयमा केन्द्रित महत्वपूर्ण संवादका रूपमा हेरिएको छ। छलफलको विस्तृत विवरण भने सार्वजनिक गरिएको छैन।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend