२०८३, आश्विन २० गते

images
  • समाचार
  • मन्त्रिपरिषद् बैठकका ७ निर्णयः वार्ताटोली गठनदेखि,...

मन्त्रिपरिषद् बैठकका ७ निर्णयः वार्ताटोली गठनदेखि, करारका कर्मचारीको व्यवस्थापनसम्बन्धी व्यवस्था स्वीकृतसम्म

मन्त्रिपरिषद् बैठकका ७ निर्णयः वार्ताटोली गठनदेखि, करारका कर्मचारीको व्यवस्थापनसम्बन्धी व्यवस्था स्वीकृतसम्म

बिहिवार, आषाढ ३२ २०८३०६:०३
बिहिवार, आषाढ ३२ २०८३०६:०३
  • images

    काठमाडौँ । बिहीबार बसेको मन्त्रिपरिषद्को बैठकले विभिन्न ७ वटा निर्णय गरेको पाइएको छ । सरकारका प्रवक्ता तथा शिक्षामन्त्री सस्मित पोखरेलका अनुसार आजको क्याबिनेटले ७ वटा निर्णय गरेको हो । 

    जसअनुसार सरकारले मिटरब्याज (अनुचित लेनदेन) बाट पीडित नागरिकका माग सम्बोधनका लागि वार्ता टोली गठन गरेको छ। वार्ता टोलीमा अर्थ मन्त्रालय, गृह मन्त्रालय र भूमि व्यवस्था, सहकारी, सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका सहसचिवहरू सदस्य रहनेछन्। 

    त्यस्तै, सरकारले एक र दुई रुपैयाँ दरका नयाँ डिजाइनका सिक्का टक‌मरी गर्न नेपाल राष्ट्र बैंकलाई स्वीकृति दिने निर्णय गरेको छ। 

    नेपाल कानुन सूचना पाइलट प्रणाली स्थापनाका लागि कोरिया सरकारबाट प्राप्त हुने १.८१ मिलियन अमेरिकी डलर अनुदान सहायता स्वीकार गर्नेछ। 

    यस्तै, नेपाल सरकार, मन्त्रिपरिषद्बाट संरक्षित क्षेत्र भित्रको राष्ट्रिय वनक्षेत्रमा रहेका रूख तथा पोल हटाउन स्वीकृति लिएका क्षेत्रभित्र थप रूख र पोल हटाउन प्रचलित कानुनी प्रक्रिया पूरा गरी मन्त्रालयले स्वीकृति दिन सक्ने निर्णय गरेको छ। 

    विभिन्न मन्त्रालयहरूको संगठन संरचना र दरवन्दी स्वीकृत गर्ने रहेको छ। यस्तै, नीति अनुसन्धान प्रतिष्ठान विकास समिति ९गठन० ९पहिलो संशोधन० आदेश, २०८३ स्वीकृत गर्ने छैटौँ निर्णय रहेको छ। सेवा करारमा कार्यरत कर्मचारीको व्यवस्थापनसम्बन्धी व्यवस्था स्वीकृत गर्ने रहेको छ। 

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend