२०८३, आश्विन २० गते

images
  • समाचार
  • पूर्वअर्थमन्त्री विष्णु पौडेलविरुद्ध २० करोड ९०...

पूर्वअर्थमन्त्री विष्णु पौडेलविरुद्ध २० करोड ९० लाख बिगो दाबी गर्दै सम्पत्ति शुद्धीकरण मुद्दा

पूर्वअर्थमन्त्री विष्णु पौडेलविरुद्ध २० करोड ९० लाख बिगो दाबी गर्दै सम्पत्ति शुद्धीकरण मुद्दा

बिहिवार, आषाढ ३२ २०८३०६:१०
बिहिवार, आषाढ ३२ २०८३०६:१०
  • images

    काठमाडौँ । नेकपा एमालेका नेता एवं पूर्वअर्थमन्त्री विष्णु पौडेललाई सम्पत्ति शुद्धीकरण कसुरमा २० करोड ९० लाख रुपैयाँ बिगो दाबी गर्दै विशेष अदालतमा मुद्दा दायर भएको छ।

    सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागको अनुसन्धान प्रतिवेदनका आधारमा विशेष सरकारी वकिल कार्यालयले बिहीबार विशेष अदालतमा अभियोगपत्र पेश गरेको हो। 

    पौडेललाई व्यवसायी दीपक भट्टसँग मिलीभगत गरी पद र प्रभावको दुरुपयोग गरी सहजीकरणको बदलामा आर्थिक लाभ प्राप्त गर्ने गलत नियतले श्रीराम टोबाको उद्योग प्रालि को उच्च मूल्यको शेयरलाई न्यून मूल्यमा प्रतिवादी दीपक भट्टको कम्पनी हिमालयन एसेष्ट म्यानेजमेन्ट प्रालिलाई दिलाएको अभियोग लगाइएको छ। 

    पौडेललाई असार ८ गते सुर्खेतबाट पक्राउ गरिएको थियो । विभागले अनुसन्धान सकेर ३ दिनअघि सरकारी वकिल कार्यालयमा प्रतिवेदन बुझाएको थियो।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend