२०८३, आश्विन २० गते

images
  • समाचार
  • धादिङमा सुख्खा पहिरोले पृथ्वी राजमार्ग पूर्ण...

धादिङमा सुख्खा पहिरोले पृथ्वी राजमार्ग पूर्ण अवरुद्ध, अर्को सूचना नभएसम्म सवारी सञ्चालन बन्द

धादिङमा सुख्खा पहिरोले पृथ्वी राजमार्ग पूर्ण अवरुद्ध, अर्को सूचना नभएसम्म सवारी सञ्चालन बन्द

बिहिवार, आषाढ ३२ २०८३०८:४६
बिहिवार, आषाढ ३२ २०८३०८:४६
  • images

    काठमाडौँ । पृथ्वी राजमार्गअन्तर्गत धादिङको बेनीघाट रोराङ गाउँपालिका–१० स्थित तिग्राङ खानीमा सुख्खा पहिरो खसेपछि सवारी आवागमन पूर्ण रूपमा ठप्प भएको छ । 

    जवाङ खोला नजिकै माथिबाट पहिरो खसेर राजमार्ग दुईतर्फी नै अवरुद्ध भएको हो ।

    जिल्ला प्रशासन कार्यालय धादिङले बिहीबार साँझ एक सूचना जारी गर्दै पहिरो खस्ने क्रम अझै जारी रहेकाले अर्को सूचना नभएसम्मका लागि सबै प्रकारका सवारी साधनलाई आवतजावतमा रोक लगाएको जनाएको छ ।

    प्रमुख जिल्ला अधिकारी लक्ष्मी पाण्डेय (गौतम) का अनुसार यात्रुहरूको सुरक्षालाई मध्यनजर गर्दै राजमार्गमा सवारी गुड्न पूर्ण रूपमा प्रतिबन्ध लगाइएको हो ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend