२०८३, आश्विन १९ गते

images
  • खेलकुद
  • ६ गोल गर्दै इंग्ल्यान्डको शानदार जित,...

६ गोल गर्दै इंग्ल्यान्डको शानदार जित, फ्रान्स चौथो स्थानमा

६ गोल गर्दै इंग्ल्यान्डको शानदार जित, फ्रान्स चौथो स्थानमा

आइतवार, श्रावण ३ २०८३०६:५७
आइतवार, श्रावण ३ २०८३०६:५७
  • images

    काठमाडौँ । फिफा विश्वकप–२०२६ अन्तर्गत तेस्रो स्थानका लागि भएको रोमाञ्चक प्रतिस्पर्धामा इंग्ल्यान्डले फ्रान्सलाई ६–४ गोलअन्तरले पराजित गर्दै तेस्रो स्थान हासिल गरेको छ।

    अमेरिकाको मियामी स्टेडियममा सम्पन्न खेलमा इंग्ल्यान्डले पहिलो हाफमै ४–० को सानदार अग्रता बनाएको थियो। दोस्रो हाफमा फ्रान्सले उत्कृष्ट पुनरागमन गर्दै चार गोल फर्काए पनि इंग्ल्यान्डले थप दुई गोल गर्दै प्रभावशाली जित हात पार्यो।

    इंग्ल्यान्डका बुकायो शाका खेलका नायक बने। उनले ह्याट्रिक पूरा गर्दै टोलीको जितमा महत्वपूर्ण योगदान दिए। शाकाले पहिलो हाफमा दुई गोल गरेका थिए भने ८७औँ मिनेटमा पेनाल्टीमार्फत व्यक्तिगत तेस्रो गोल गर्दै ह्याट्रिक पूरा गरे।

    इंग्ल्यान्डका लागि डेक्लान राइसले खेलको तेस्रो मिनेटमै गोल गर्दै अग्रता दिलाएका थिए। त्यसपछि १८औँ मिनेटमा कोन्शाले हेडरमार्फत दोस्रो गोल गरे। ३७औँ मिनेटमा शाकाले तेस्रो गोल गरे भने पहिलो हाफको इन्जुरी समयमा व्यक्तिगत दोस्रो गोल गर्दै इंग्ल्यान्डलाई विश्रामअघि नै ४–० को बलियो अवस्थामा पुर्‍याए।

    दोस्रो हाफमा भने फ्रान्सले आक्रामक प्रदर्शन गर्‍यो। कप्तान किलियन एमबाप्पेले ४८औँ मिनेटमा पहिलो गोल फर्काए। त्यसपछि ५४औँ मिनेटमा ब्राडली बारकोलाले गोल गरे भने ६६औँ मिनेटमा एमबाप्पेले व्यक्तिगत दोस्रो गोल गर्दै खेललाई ४–३ को अवस्थामा ल्याए।

    इंग्ल्यान्डले ८७औँ मिनेटमा शाकाको पेनाल्टी गोलमार्फत ५–३ को अग्रता बनायो। इन्जुरी समयमा उस्मान डेम्बेलेले फ्रान्सका लागि चौथो गोल गर्दै अन्तर घटाए पनि खेलको अन्तिम क्षणमा जुड बेलिंघमले गोल गर्दै इंग्ल्यान्डलाई ६–४ को शानदार जित दिलाए।

    सन् १९६६ मा पहिलो पटक विश्वकप जितेको इंग्ल्यान्डले त्यसयता विश्वकप इतिहासकै उत्कृष्ट नतिजा यस संस्करणमा निकाल्दै तेस्रो स्थान सुरक्षित गरेको हो। यसअघि सन् २०१८ को विश्वकपमा इंग्ल्यान्ड चौथो स्थानमा सीमित भएको थियो।

    यता फ्रान्सका कप्तान किलियन एमबाप्पेले यस खेलमा दुई गोल थपेपछि जारी विश्वकपमा आफ्नो गोल संख्या १० पुर्‍याएका छन्। उनी गोल्डेन बुटको दौडमा अर्जेन्टिनाका कप्तान लियोनेल मेसीभन्दा अगाडि पुगेका छन्। मेसीको नाममा हाल ८ गोल रहेको छ भने उनले स्पेनविरुद्धको फाइनल खेल खेल्न बाँकी छ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend