२०८३, आश्विन २० गते

images
  • समाचार
  • जलबिरेमा दुई बस एकआपसमा ठोक्किए, सडक...

जलबिरेमा दुई बस एकआपसमा ठोक्किए, सडक अवरुद्ध

जलबिरेमा दुई बस एकआपसमा ठोक्किए, सडक अवरुद्ध

सीएनएन खबर
आइतवार, श्रावण ३ २०८३०७:४६
सीएनएन खबर
आइतवार, श्रावण ३ २०८३०७:४६
  • images

    काठमाडौँ । नारायणगढ सडकखण्डअन्तर्गत जलबिरे क्षेत्रमा आइतबार बिहान दुईवटा बस एकआपसमा ठोक्किँदा सडक अवरुद्ध भएको छ ।

    सडक डिभिजन भरतपुरका अनुसार सुरक्षाको दृष्टिकोणले जिल्ला प्रशासन कार्यालयले शनिबार राति १० बजेदेखि उक्त सडकखण्डमा रातिको समयमा सबै प्रकारका सवारीसाधन सञ्चालनमा रोक लगाएको थियो । सो प्रतिबन्ध आइतबार बिहान हटाइएपछि सवारीसाधन सञ्चालन सुरु भएको केही समयमै जलबिरेमा दुई बस ठोक्किएको हो ।

    दुर्घटनापछि सडक अवरुद्ध भएको जनाइएको छ । दुर्घटनामा मानवीय क्षतिबारे भने तत्काल कुनै विवरण सार्वजनिक गरिएको छैन ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend