२०८३, आश्विन १९ गते

images

फेसबुक र इन्स्टाग्राम विश्वभर प्रभावित, नेपालका प्रयोगकर्ता पनि समस्यामा

फेसबुक र इन्स्टाग्राम विश्वभर प्रभावित, नेपालका प्रयोगकर्ता पनि समस्यामा

आइतवार, श्रावण ३ २०८३०१:५७
आइतवार, श्रावण ३ २०८३०१:५७
  • images

    काठमाडैँ । मेटाको स्वामित्वमा रहेका सामाजिक सञ्जाल फेसबुक, इन्स्टाग्राम र मेसेन्जर मा विश्वव्यापी प्राविधिक समस्या देखिएको छ। यसका कारण नेपालसहित विभिन्न देशका प्रयोगकर्ताले सेवा प्रयोग गर्न कठिनाइ भोगिरहेका छन्।

    नेपालका धेरै प्रयोगकर्ता फेसबुकबाट स्वतः लग आउट भएका छन् भने पुनः लग इन गर्न खोज्दा असफल भएका छन्। कतिपय प्रयोगकर्ताले ब्राउजरमा ‘केही समयपछि पुनः प्रयास गर्नुहोस्’ भन्ने सन्देश देखिएको बताएका छन्।

    यस्तै, केही प्रयोगकर्ताका लागि फेसबुक पूर्ण रूपमा नखुल्ने, कतिपयमा पहिले क्यासमा सुरक्षित रहेका पृष्ठहरू मात्र देखिने समस्या देखिएको छ। मेसेन्जर सेवामा पनि सन्देश पठाउन र प्राप्त गर्न कठिनाइ भइरहेको छ।

    मोबाइल एप र वेबसाइट दुवै माध्यममा समस्या देखिएको प्रयोगकर्ताहरूले बताएका छन्। सेवा प्रयोग गर्ने क्रममा ‘Unexpected Error’ वा ‘Something Went Wrong’ जस्ता त्रुटि सन्देश देखिनुले कम्पनीले समस्या समाधान गर्ने प्रयास गरिरहेको संकेत गरेको छ।

    कतिपय प्रयोगकर्ताको मोबाइल एप आंशिक रूपमा सञ्चालनमा रहे पनि इन्स्टाग्रामको वेबसाइटसहित मेटाका अन्य सेवामा पनि समान समस्या देखिएको छ।

    नेपालमा करिब १५ मिनेटदेखि सेवा प्रभावित भएको भए पनि विश्वभरबाट यससम्बन्धी आउटेजका रिपोर्टहरू आएका छन्।

    मेटाले आफ्ना उपभोक्ता सेवाका लागि छुट्टै आधिकारिक स्टाटस पेज सञ्चालन नगर्ने भएकाले समस्याबारे औपचारिक जानकारी सार्वजनिक भएको छैन। कम्पनीको व्यावसायिक सेवा सम्बन्धी स्टाटस पेजमा पनि यो व्यापक अवरोधबारे तत्काल कुनै अद्यावधिक गरिएको देखिएको छैन।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend