काठमाडौँ । काठमाडौँको कीर्तिपुरमा गाडीमा आगलागी हुँदा एक जनाको मृत्यु भएको छ।
मंगलबार बिहान ११:२० बजेतिर कीर्तिपुरको ट्यांग्लाफाट चाँदनी चोकमा पार्किङ गरिएको गाडीमा आगलागी भएको जिल्ला प्रहरी परिसर, काडमाडौका प्रमुख एसएसपी दिलिप घिमिरेले बताए।
पार्किङमा राखिएको बा ५ च ३०३८ नम्बरको गाडीमा आगलागी हुँदा एक जनाको मृत्यु भएको छ। गाडीभित्रै रहेका व्यक्तिको मृत्यु भएको एसएसपी घिमिरेले बताए।
मृतकको पहिचान खुलेको छैन। मृतक व्यक्ति चालकको सिटमा रहेको उनले बताए।

