२०८३, आश्विन २० गते

images

लमजुङ मर्स्याङ्दी गाउँपालिकामा हाटबजारः २५ लाख  कारोबार

लमजुङ मर्स्याङ्दी गाउँपालिकामा हाटबजारः २५ लाख  कारोबार

आइतवार, आश्विन २० २०८१०८:४०
आइतवार, आश्विन २० २०८१०८:४०
  • images

    काठमाडौं । लमजुङ मर्स्याङ्दी गाउँपालिकाले सञ्चालन गरेको तीन दिने कृषि तथा पशु हाटबजारमा २५ लाख रुपैयाँ बराबरको कारोबार भएको पाइएको छ । गाउँपालिकाले खुदीको कृषि सेवा केन्द्रमा बिहीबार, शुक्रबार र शनिबार कृषि तथा पशु हाटबजारको आयोजना गरेको थियो ।  हाटबजारमा कृषकले ७० भन्दा बढी खसीबोका बिक्री गरेका छन् । यस्तै हाटबजारकै अवसरमा १२ लाख रुपैयाँ बराबरको मह बिक्री गरेका छन् । 

    गाउँपालिका अध्यक्ष अर्जुन गुरुङले  दशैंलक्षित कृषि पशु हाटबजारले उत्पादक किसानहरु र उपभोक्ताहरु सबै उत्साहित भएको बताए । उनका अनुसार कृषकले हाटबजारभरी २५ लाख रुपैयाँ बढी आम्दानी लिएका छन् । कृषकले दशैंको मुखमा आफ्ना उत्पादन विक्री गरी आर्थिक लाभ लिएको र उपभोक्ताले पनि गाउँघरकै उत्पादन पाएको उनले बताए ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend