२०८३, आश्विन २० गते

images
  • समाचार
  • कारागार चलान भएका अधिकारीविरुद्ध अर्काे भ्रष्टाचार...

कारागार चलान भएका अधिकारीविरुद्ध अर्काे भ्रष्टाचार मुद्दा, घुसको रकमबाट श्रीमतीको नाममा जग्गा किनेको आरोप

कारागार चलान भएका अधिकारीविरुद्ध अर्काे भ्रष्टाचार मुद्दा, घुसको रकमबाट श्रीमतीको नाममा जग्गा किनेको आरोप

मंगलवार, श्रावण ५ २०८३०५:२७
मंगलवार, श्रावण ५ २०८३०५:२७
  • images

    काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) का तत्कालीन महानिर्देशक प्रदीप अधिकारी विरुद्ध १ करोड ७१ लाख रुपैयाँ घुस लिएको भन्दै अर्काे भ्रष्टाचार मुद्दा दायर गरेको छ । यसअघि पोखरा विमानस्थल र हेलिप्याड निर्माणमा भ्रष्टाचार गरेको भन्दै कारागार चलान भएका अधिकारी विरुद्ध आयोगको अर्काे मुद्धा दर्ता गरेको हो । 

    उनीमाथि आयोगले भ्रष्टाचार गरेको रकमबाट श्रीमतीको नाममा जग्गा खरिद गरेको तथा सम्पत्ति शुद्धीकरण ९मनी लाउन्डरिङ० गरेको आरोपमा विशेष अदालतमा मुद्दा दायर गरेको हो । 

    आयोगले मंगलबार जारी गरेको प्रेस विज्ञप्तिअनुसार अधिकारीले प्राधिकरणअन्तर्गत सञ्चालन भएका ठेक्काको स्वीकृति, सहजीकरण, रेखदेख तथा भुक्तानी प्रक्रियामा आफ्नो पदको दुरुपयोग गर्दै ठेक्का सहज बनाइदिने बदलामा गायत्री निर्माण सेवाका प्रमुख प्रेम प्रकाश ढकालबाट १ करोड ७१ लाख रुपैयाँ घुस लिएको आरोप लगाइएको छ।

    अनुसन्धानका क्रममा उक्त रकम लुकाउन अधिकारीले ललितपुर महानगरपालिका–५ स्थित करिब १३ आना क्षेत्रफलको जग्गा श्रीमतीको नाममा खरिद गरेको अख्तियारको दाबी छ। आयोगका अनुसार जग्गा खरिद गर्दा वास्तविक कारोबार रकमभन्दा कम अर्थात् ९१ लाख रुपैयाँ मात्रै देखाई बाँकी रकमको स्रोत लुकाउने प्रयास गरिएको निष्कर्ष निकालिएको छ।

    अख्तियारले अधिकारीविरुद्ध भ्रष्टाचार निवारण ऐन, २०५९ तथा सम्पत्ति शुद्धीकरण (मनी लाउन्डरिङ) निवारण ऐन, २०६४ अन्तर्गत कसुर कायम गरी बिगो बराबर जरिवाना, कैद र विवादित जग्गा जफत गर्न माग गरेको छ।

    यस्तै, घुस दिएको आरोपमा गायत्री निर्माण सेवा र कम्पनीका प्रमुख प्रेम प्रकाश ढकाल विरुद्ध पनि भ्रष्टाचार तथा सम्पत्ति शुद्धीकरणसम्बन्धी कसुरमा मुद्दा दायर गरिएको आयोगले जनाएको छ। आयोगले उनीहरूसँग पनि १ करोड ७१ लाख रुपैयाँ बराबरको बिगो कायम गर्दै कानुनबमोजिम सजाय र सम्पत्ति जफतको मागदाबी गरेको छ।

    आयोगका अनुसार सार्वजनिक पदको दुरुपयोगबाट प्राप्त गैरकानुनी आम्दानीलाई वैध देखाउने उद्देश्यले बैंकिङ कारोबार र जग्गा खरिदको माध्यम प्रयोग गरिएको निष्कर्षसहित विशेष अदालत काठमाडौंमा आरोपपत्र दायर गरिएको हो।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend