२०८३, आश्विन २० गते

images
  • समाचार
  • मन्त्तिपरिषद् बैठकका ७ निर्णयः विमानस्थलमा छुटदेखि...

मन्त्तिपरिषद् बैठकका ७ निर्णयः विमानस्थलमा छुटदेखि गणेश नेपालीको आत्महत्या प्रकरणमा न्यायिक समिति गठनसम्म

मन्त्तिपरिषद् बैठकका ७ निर्णयः विमानस्थलमा छुटदेखि गणेश नेपालीको आत्महत्या प्रकरणमा न्यायिक समिति गठनसम्म

बुधवार, श्रावण ६ २०८३०४:१९
बुधवार, श्रावण ६ २०८३०४:१९
  • images

    काठमाडौँ । बुधबार बसेको मन्त्रिपरिषद् बैठकले विभिन्न ७ वटा निर्णय गरेको छ । सरकारका प्रवक्तासमेत रहेका शिक्षामन्त्री सस्मित पोखरेलले बुधबार दिउँसो बसेकाे मन्त्रिपरिषद् बैठकका मुख्य निर्णयहरू सार्वजनिक गर्दै सो कुरा बताएका हुन् । 

    उनका अनुसार आजको क्याविनेटले भैरहवा र पोखरा एयरपोटमा नियमित हवाई उडानमा पार्किङ, ल्यान्डिङ तथा नेभिगेसन शुल्क पूर्ण रूपमा छुट दिन र ग्राउन्ड ह्यान्डलिङ शुल्कमा ५० प्रतिशत छुट दिन स्वीकृतिदेखि विभिन्न नियुक्ती गरेको छ । 

    यस्ता छन् मन्त्रिपरिषद् बैठकका मुख्य निर्णयहरू–

    १. विशेष अदालतको अध्यक्ष पदमा उच्च अदालत तुलसीपुरका न्यायाधीश वासुदेव आचार्यलाई तोक्ने ।

    २.श्रम अदालतको अध्यक्ष पदमा उच्च अदालत सुर्खेतका न्यायाधीश दिपेन्द्र अधिकारीलाई तोक्ने ।

    ३. गुठी संस्थानको प्रशासक पदमा शैलेन्द्रराज कुँवरलाई नियुक्ति गर्ने ।

    ४. २०८५ साल भदौ मसान्तसम्मको लागि पोखरा र गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट हुने अन्तर्राष्ट्रिय नियमित हवाई उडानमा पार्किङ, ल्यान्डिङ तथा नेभिगेसन शुल्क पूर्ण रूपमा छुट दिन र ग्राउन्ड ह्यान्डलिङ शुल्कमा ५० प्रतिशत छुट दिन स्वीकृति गर्ने ।

    ५. अनुचित लेनदेन (मिटरब्याज) बाट प्रभावित नागरिकको माग सम्बोधन गर्ने सम्बन्धमा गठित समिति र मिटरब्याज विरुद्ध किसान मजदुर आन्दोलनका प्रतिनिधि बीच मिति २०८३/०४/०१ मा भएको सम्झौता अनुमोदन गर्ने , सम्झौतामा उल्लेख भएबमोजिम मिटरब्याजरसँग सम्बन्धित फर्जी लिखतहरू आजकै मितिबाट अवैध घोषणा गर्ने ।

    ६. गणेश नेपालीको आत्महत्या घटनाको सम्बन्धमा सत्यतथ्य पत्ता लगाउन उच्च अदालतका पूर्व न्यायाधीश केशवप्रसाद बाँस्तोलाको अध्यक्षतामा न्यायिक समिति गठन गर्ने ।

    ७. आर्थिक ऐन २०८३ को दफा १८ को उपदफा १ बमोजिम शिक्षा समता शुल्क र स्वास्थ्य समता शुल्क पूर्ण रूपमा छुट दिने ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend