२०८३, आश्विन २० गते

images
  • समाचार
  • बैंकिङ कसुर मुद्दामा शंकर ग्रुपका अध्यक्ष...

बैंकिङ कसुर मुद्दामा शंकर ग्रुपका अध्यक्ष अग्रवाल पक्राउ

बैंकिङ कसुर मुद्दामा शंकर ग्रुपका अध्यक्ष अग्रवाल पक्राउ

बुधवार, श्रावण ६ २०८३०५:३१
बुधवार, श्रावण ६ २०८३०५:३१
  • images

    काठमाडौँ । शंकर ग्रुपका अध्यक्ष शंकरलाल अग्रवाल डिल्लीबजारबाट पक्राउ परेका छन्। 

    नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले बुधबार उनलाई पक्राउ गरेको हो। दीपक भट्ट र शंकरका छोरा शुलभ अग्रवालसमेत प्रतिवादी रहेको बैंकिङ कसुर मुद्दामा उनलाई प्रतिवादी बनाइएको थियो।

    सोही मुद्दामा थुनछेक प्रयोजनका लागि अग्रवाललाई पक्राउ गरिएको सीआईबीले जनाएको छ। अग्रवाललाई प्रहरीले बुधबार नै उच्च अदालत पाटनमा थुनछेक प्रयोजनका लागि उपस्थित गराएको छ।

    उक्त मुद्दाको अभियोग पत्रमा अग्रवाललाई फरार प्रतिवादीका रूपमा उल्लेख गरिएको थियो।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend