२०८३, आश्विन २० गते

images
  • समाचार
  • पहाडी क्षेत्रमा मनसुन सक्रिय, सिन्धुपाल्चोकमा ९७.२...

पहाडी क्षेत्रमा मनसुन सक्रिय, सिन्धुपाल्चोकमा ९७.२ मिमी वर्षा, केही स्थानमा भारी पानी पर्ने सम्भावना

पहाडी क्षेत्रमा मनसुन सक्रिय, सिन्धुपाल्चोकमा ९७.२ मिमी वर्षा, केही स्थानमा भारी पानी पर्ने सम्भावना

बिहिवार, श्रावण ७ २०८३०१:१८
बिहिवार, श्रावण ७ २०८३०१:१८
  • images

    काठमाडौँ । जल तथा मौसम पूर्वानुमान महाशाखाले पछिल्लो २४ घण्टामा सबैभन्दा बढी वर्षा सिन्धुपाल्चोकमा ९७ दशमलव २ मिलिमिटर मापन भएको जनाएको छ ।

    महाशाखाका अनुसार दोलखाको लामाबगरमा ८१ दशमलव ४ मिलिमिटर वर्षा भएको छ । मौसमविद् रोजन लामिछानेले पछिल्लो २४ घण्टामा मुख्यतः पहाडी क्षेत्रमा उल्लेख्य वर्षा भएको तथा मधेस, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई क्षेत्रमा तुलनात्मक रूपमा कम वर्षा भएको जानकारी दिए ।  

    उनका अनुसार पछिल्लो छ घण्टामा सबैभन्दा बढी वर्षा जाजरकोटमा पाँच दशमलव ६ मिलिमिटर मापन भएको छ । यस अवधिमा काठमाडौँ, सुर्खेत र कैलाली आसपासका क्षेत्रमा पनि हल्का वर्षा भएको छ ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend