२०८३, आश्विन २० गते

images
  • समाचार
  • राजस्व लक्ष्य पूरा गर्न अर्थमन्त्री वाग्ले...

राजस्व लक्ष्य पूरा गर्न अर्थमन्त्री वाग्ले सक्रिय, विभागसँग लिए प्रगति विवरण

राजस्व लक्ष्य पूरा गर्न अर्थमन्त्री वाग्ले सक्रिय, विभागसँग लिए प्रगति विवरण

बिहिवार, श्रावण ७ २०८३०२:११
बिहिवार, श्रावण ७ २०८३०२:११
  • images

    काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले आन्तरिक राजस्व विभागको स्थलगत अनुगमन गर्दै चालु आर्थिक वर्षको बजेट कार्यान्वयन र राजस्व संकलनको लक्ष्य हासिल गर्न विभागको तयारीबारे जानकारी लिएका छन् ।

    बिहीबार लाजिम्पाटस्थित विभागको कार्यालय पुग्नुभएका मन्त्री वाग्लेले बजेटमा निर्धारण गरिएको राजस्व लक्ष्य पूरा गर्न विभागले गरेका तयारी, कार्ययोजना तथा कार्यान्वयन अवस्थाबारे विभागीय नेतृत्वसँग छलफल गरे ।

    ird.JPG

    अनुगमनका क्रममा अर्थमन्त्री वाग्ले र अर्थसचिव डा. घनश्याम उपाध्यायले विभाग तथा मातहतका देशभरका कार्यालयका कर्मचारीलाई राजस्व संकलनलाई प्रभावकारी बनाउन, कर प्रशासनलाई थप चुस्त र पारदर्शी बनाउन तथा बजेट कार्यान्वयनलाई नतिजामुखी बनाउन निर्देशन दिए ।

    सो अवसरमा आन्तरिक राजस्व विभागका महानिर्देशक भीष्मकुमार भुसालले विभागको वर्तमान साङ्गठनिक संरचना, चालु आर्थिक वर्षको राजस्व संकलन लक्ष्य, लक्ष्य प्राप्तिका लागि तयार पारिएका रणनीति तथा कार्ययोजनाबारे प्रस्तुतीकरण गरेका थिए ।

    विभागले कर प्रशासनलाई थप प्रभावकारी बनाउँदै राजस्व संकलनको लक्ष्य हासिल गर्न आवश्यक तयारी अघि बढाएको जानकारी दिएको छ।

    ird1.JPG

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend