२०८३, आश्विन २० गते

images
  • राजनीति
  • कर्फ्यु अवज्ञा गर्दै आगजनी र तोडफोड,...

कर्फ्यु अवज्ञा गर्दै आगजनी र तोडफोड, देवानगञ्जमा सेना खटाइयो

कर्फ्यु अवज्ञा गर्दै आगजनी र तोडफोड, देवानगञ्जमा सेना खटाइयो

सोमवार, श्रावण ११ २०८३१२:४०
सोमवार, श्रावण ११ २०८३१२:४०
  • images

    काठमाडौं । सुनसरीको देवानगञ्ज गाउँपालिका–३ कप्तानगञ्जमा कर्फ्यु आदेश उल्लंघन गर्दै प्रदर्शन, आगजनी र तोडफोड भएपछि नेपाली सेना परिचालन गरिएको छ।

    प्रदर्शनकारीले स्थानीय प्रशासनको कर्फ्यु आदेश अवज्ञा गर्दै हिंसात्मक गतिविधि बढाएपछि हतियारसहित नेपाली सेनाको टोली घटनास्थल पुगेको हो। सेनाको परिचालनपछि कप्तानगञ्ज क्षेत्रको अवस्था क्रमशः नियन्त्रणमा आउन थालेको स्थानीय प्रशासनले जनाएको छ।

    सुनसरी प्रहरीका प्रवक्ता डीएसपी चन्द्र खड्काले सुरक्षाकर्मीले परिस्थिति सामान्य बनाउने प्रयास गरिरहेको जानकारी दिए। उनका अनुसार संवेदनशील क्षेत्रमा सुरक्षा व्यवस्था थप कडा पारिएको छ।

    आइतबार राति कप्तानगञ्जमा दुई समूहबीच भएको झडप नियन्त्रण गर्ने क्रममा सुरक्षाकर्मीले चलाएको गोली लागेर देवानगञ्ज–३ का २४ वर्षीय ओमप्रकाश मेहताको मृत्यु भएको थियो। सो घटनामा गोली लागेर नौ जना सर्वसाधारण घाइते भएका छन्, जसमध्ये एक जनाको अवस्था गम्भीर रहेको जनाइएको छ।

    घटनामा सर्वसाधारण र सुरक्षाकर्मी गरी २२ जनाभन्दा बढी घाइते भएको प्रहरीले जनाएको छ। घाइतेहरूको विराटनगरस्थित विभिन्न अस्पतालमा उपचार भइरहेको छ।

    तनावपूर्ण अवस्था कायम रहेपछि जिल्ला प्रशासन कार्यालय सुनसरीले सोमबार बिहानदेखि देवानगञ्जका पाँच स्थानमा कर्फ्यु आदेश जारी गरेको थियो। तर, कर्फ्यु उल्लंघन गर्दै विभिन्न स्थानमा प्रदर्शन जारी रहेपछि सुरक्षा व्यवस्था थप कडा पारिएको छ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend