२०८३, भाद्र १३ गते

images
  • बैंक बित्त
  • नेपाल एसबिआई बैंकलाई अन्तर्राष्ट्रिय स्तरका चार...

नेपाल एसबिआई बैंकलाई अन्तर्राष्ट्रिय स्तरका चार प्रतिष्ठित बैंकिङ अवार्ड

नेपाल एसबिआई बैंकलाई अन्तर्राष्ट्रिय स्तरका चार प्रतिष्ठित बैंकिङ अवार्ड

images
सोमवार, श्रावण ११ २०८३०५:०४
सोमवार, श्रावण ११ २०८३०५:०४
  • काठमाडौं । नेपाल एसबिआई बैंक लिमिटेड अन्तर्राष्ट्रिय स्तरका चार प्रतिष्ठित बैंकिङ अवार्डबाट सम्मानित भएको छ। भारतको इण्डियन च्याम्बर अफ कमर्श (ICC) द्वारा आयोजित चौथो इमर्जिङ एसिया बैंकिङ अवार्ड २०२६ मा बैंकले उत्कृष्ट कार्यसम्पादनका आधारमा चार विधामा सम्मान प्राप्त गरेको हो।

    बैंकले ‘बेस्ट बैंक इन MSME एक्सेलेरेशन’, ‘बेस्ट पर्फर्मेन्स अन एसेट क्वालिटी’, ‘बेस्ट पर्फर्मेन्स अन प्रोफिटेबिलिटी’ र ‘बेस्ट कमर्सियल बैंक’ विधामा प्रतिष्ठित अवार्ड जितेको जनाएको छ।

    भारतको नयाँ दिल्लीमा आयोजित विशेष समारोहमा बैंकका नायब प्रमुख कार्यकारी अधिकृत तथा प्रमुख सञ्चालन अधिकृत विकास आनन्द र वित्त तथा योजना विभाग प्रमुख नेत्र खतिवडा ले बैंकको तर्फबाट उक्त पुरस्कार ग्रहण गरेका थिए।

    बैंकका अनुसार यी अन्तर्राष्ट्रिय सम्मानले व्यावसायिक बैंकिङमा उत्कृष्टता, सम्पत्तिको गुणस्तर, नाफामुखी कार्यसम्पादन तथा साना तथा मझौला उद्यम (MSME) प्रवर्द्धनप्रति बैंकको दृढ प्रतिबद्धतालाई अन्तर्राष्ट्रिय स्तरमा स्थापित गरेको छ।

    यस अवसरमा बैंकले आफ्ना सेयरधनी, ग्राहक, नियामक निकाय तथा सम्पूर्ण सरोकारवालाप्रति आभार व्यक्त गर्दै उनीहरूको विश्वास र सहयोगले नै यस्तो उपलब्धि हासिल गर्न सम्भव भएको जनाएको छ। बैंकले आगामी दिनमा पनि सेवाको गुणस्तर थप सुदृढ गर्दै राष्ट्रको आर्थिक विकास र समृद्धिमा योगदान पुर्‍याउने प्रतिबद्धता व्यक्त गरेको छ।

    नेपाल एसबिआई बैंकले विगत ३३ वर्षदेखि निरन्तर बैंकिङ सेवा प्रदान गर्दै आएको छ। हाल बैंकका १०३ शाखा, २२ एक्स्टेन्सन काउन्टर, ७ प्रादेशिक कार्यालय, २१ शाखारहित बैंकिङ सेवा, १२७ एटीएम तथा एक कर्पोरेट कार्यालय मार्फत देशभर आधुनिक बैंकिङ सेवा उपलब्ध गराउँदै आएको छ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend