२०८३, आश्विन १९ गते

images
  • उर्जा
  • हार्वर्डबाट अध्ययन गरेका विवेक राज कँडेल...

हार्वर्डबाट अध्ययन गरेका विवेक राज कँडेल ऊर्जामन्त्री श्रेष्ठका सल्लाहकार नियुक्त

हार्वर्डबाट अध्ययन गरेका विवेक राज कँडेल ऊर्जामन्त्री श्रेष्ठका सल्लाहकार नियुक्त

मंगलवार, श्रावण १२ २०८३०१:११
मंगलवार, श्रावण १२ २०८३०१:११
  • images

    ऊर्जामन्त्री श्रेष्ठका ऊर्जा व्यापार तथा पूर्वाधार सल्लाहकारमा विवेक राज कँडेल नियुक्त

    काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठका ऊर्जा व्यापार तथा पूर्वाधार (विशिष्ट श्रेणी) सल्लाहकारमा चितवनका विवेक राज कँडेल नियुक्त हुनुभएको छ।

    मन्त्रालयका अनुसार कँडेलले सल्लाहकारको भूमिकामा नेपालको दीर्घकालीन ऊर्जा सुरक्षा सुदृढ बनाउन नीतिगत परामर्श दिने, आन्तरिक ऊर्जा क्षेत्रको सुधारलाई अघि बढाउने तथा निजी क्षेत्रको लगानी आकर्षित गर्ने रणनीति निर्माणमा योगदान पुर्‍याउनुहुनेछ। साथै, क्षेत्रीय ऊर्जा बजार एकीकरण र बृहत् ऊर्जा व्यापार सुधारलाई गति दिन आवश्यक परामर्श प्रदान गर्ने जिम्मेवारी पनि उहाँले सम्हाल्नुहुनेछ।

    कँडेलले Tribhuvan University बाट सिभिल इन्जिनियरिङ अध्ययन गर्नुभएको छ। त्यसपछि Harvard Kennedy School बाट जलवायु, ऊर्जा रूपान्तरण र नेतृत्वमा विशेषज्ञतासहित सार्वजनिक प्रशासन (एमपीए) मा स्नातकोत्तर तथा University of Twente बाट ऊर्जा व्यवस्थापनमा स्नातकोत्तर उपाधि हासिल गर्नुभएको छ।

    उहाँसँग United Nations Development Programme, World Bank तथा International Renewable Energy Agency लगायतका राष्ट्रिय तथा अन्तर्राष्ट्रिय संस्थामा डेढ दशकभन्दा बढी समय ऊर्जा तथा पूर्वाधार क्षेत्रमा काम गरेको अनुभव रहेको छ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend