२०८३, आश्विन २० गते

images
  • राजनीति
  • भारतले प्रधानमन्त्री वालेन्द्र शाहलाई पठायो भ्रमणको...

भारतले प्रधानमन्त्री वालेन्द्र शाहलाई पठायो भ्रमणको निमन्त्रणा

भारतले प्रधानमन्त्री वालेन्द्र शाहलाई पठायो भ्रमणको निमन्त्रणा

मंगलवार, श्रावण १२ २०८३०५:५७
मंगलवार, श्रावण १२ २०८३०५:५७
  • images

    काठमाडौं । भारत सरकारले प्रधानमन्त्री वालेन्द्र शाह (बालेन)लाई औपचारिक भ्रमणका लागि निमन्त्रणा दिएको जनाएको छ।

    भारतीय विदेश मन्त्रालयका प्रवक्ता रन्धिर जैसवालले मंगलबार आयोजित नियमित पत्रकार सम्मेलनमा नेपालका प्रधानमन्त्रीलाई भारत भ्रमणका लागि निमन्त्रणा पठाइएको जानकारी दिएका हुन्।

    पत्रकार सम्मेलनका क्रममा सञ्चारकर्मीले नेपालबाट विशेष दूत भारत गएको विषयमा पनि प्रश्न गरेका थिए। त्यसको जवाफमा प्रवक्ता जैसवालले आफूलाई त्यसबारे कुनै जानकारी नभएको बताएका थिए।

    नेपालका प्रधानमन्त्रीलाई भारत भ्रमणका लागि निमन्त्रणा पठाइएको हो वा होइन भन्ने प्रश्नमा जैसवालले स्पष्ट रूपमा "हो, नेपालका प्रधानमन्त्रीलाई भारत भ्रमणको निम्ता पठाइएको छ" भनेका थिए।

    भारतको यस भनाइसँगै प्रधानमन्त्री शाहको सम्भावित भारत भ्रमणबारे चर्चा सुरु भएको छ। यद्यपि भ्रमणको मिति, एजेन्डा वा तयारीबारे भने हालसम्म नेपाल वा भारतका तर्फबाट थप विवरण सार्वजनिक गरिएको छैन।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend