२०८३, आश्विन २० गते

images
  • राजनीति
  • सर्वदलीय बैठकको निष्कर्षः शान्ति र सद्भावका...

सर्वदलीय बैठकको निष्कर्षः शान्ति र सद्भावका लागि संयुक्त अपिल गरिने

सर्वदलीय बैठकको निष्कर्षः शान्ति र सद्भावका लागि संयुक्त अपिल गरिने

बुधवार, श्रावण १३ २०८३१०:४३
बुधवार, श्रावण १३ २०८३१०:४३
  • images

    काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको आह्वानमा बसेको सर्वदलीय बैठकले सुनसरीलगायतका क्षेत्रमा उत्पन्न तनावलाई मध्यनजर गर्दै सामाजिक सद्भाव, शान्ति र संयम कायम राख्न सबै राजनीतिक दलको तर्फबाट संयुक्त विज्ञप्ति जारी गर्ने निर्णय गरेको छ।

    बैठकपछि नेपाली कांग्रेस संसदीय दलका नेता भीष्मराज आङ्देम्बेले देशका विभिन्न स्थान, विशेषगरी सुनसरीमा देखिएको तनावलाई शान्तिपूर्ण ढंगले समाधान गर्न सबै दल एकमत भएको जानकारी दिए। उनले राजनीतिक दलहरूले संयुक्त रूपमा नागरिकलाई संयम अपनाउन र सामाजिक सद्भाव कायम राख्न अपिल गर्ने बताए।

    बैठकमा सहभागी नेताहरूले यति संवेदनशील विषयमा प्रधानमन्त्री र गृहमन्त्रीको अनुपस्थितिप्रति असन्तुष्टि जनाउँदै सरकारलाई जिम्मेवार र प्रभावकारी रूपमा प्रस्तुत हुन आग्रह गरेका थिए। नेता आङ्देम्बेले यस्तो गम्भीर परिस्थितिमा प्रधानमन्त्रीले राष्ट्रपतिसँग समेत आवश्यक परामर्श गरी स्थिति सामान्य बनाउन सक्रिय भूमिका खेल्नुपर्ने धारणा राखे।

    नेकपा (एमाले) का महासचिव शंकर पोखरेलले बैठकमा सुनसरीलगायतका क्षेत्रमा उत्पन्न तनावको अवस्था सामान्य बनाउन आवश्यक कदमबारे गम्भीर छलफल भएको बताए। उनका अनुसार सहभागी दलका नेताहरूले भीड नियन्त्रण र शान्ति सुरक्षा कायम गर्न सरकार अपेक्षाअनुसार प्रभावकारी हुन नसकेको भन्दै चिन्ता व्यक्त गरेका छन्।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend