२०८३, आश्विन १९ गते

images
  • सूचना-प्रविधि
  • थापाथलीको तारमा आगलागीपछि ऊर्जामन्त्री श्रेष्ठको चासो,...

थापाथलीको तारमा आगलागीपछि ऊर्जामन्त्री श्रेष्ठको चासो, जोखिमपूर्ण तार तत्काल व्यवस्थापन गर्न निर्देशन

थापाथलीको तारमा आगलागीपछि ऊर्जामन्त्री श्रेष्ठको चासो, जोखिमपूर्ण तार तत्काल व्यवस्थापन गर्न निर्देशन

बुधवार, श्रावण १३ २०८३१२:१८
बुधवार, श्रावण १३ २०८३१२:१८
  • images

    काठमाडौं । थापाथली क्षेत्रमा अव्यवस्थित रूपमा गुजुल्टिएर रहेका विद्युत तथा दूरसञ्चारका तारमा मंगलबार राति आगलागी भएपछि ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराज भक्त श्रेष्ठले घटनाप्रति गम्भीर चासो व्यक्त गर्दै तत्काल समाधानका लागि सम्बन्धित निकायसँग समन्वय सुरु गर्नुभएको छ।

    आगलागीका कारण स्थानीय बासिन्दाको सुरक्षा तथा जनधनमा जोखिम बढ्न सक्ने अवस्थालाई ध्यानमा राख्दै मन्त्री श्रेष्ठ बुधबार बिहानै घटनास्थल पुगेर स्थलगत निरीक्षण गर्नुभएको हो। निरीक्षणका क्रममा उहाँले अव्यवस्थित तार व्यवस्थापनमा ढिलाइ हुँदा भविष्यमा अझ ठूलो दुर्घटना हुन सक्ने चेतावनी दिँदै तत्काल सुधारात्मक कदम चाल्न निर्देशन दिनुभयो।

    मन्त्री श्रेष्ठको पहलमा नेपाल दूरसञ्चार प्राधिकरण, नेपाल विद्युत प्राधिकरण, दूरसञ्चार सेवा प्रदायक, इन्टरनेट सेवा प्रदायक संस्था, काठमाडौं महानगरपालिका लगायत सम्बन्धित निकायबीच आवश्यक समन्वय प्रक्रिया अघि बढाइएको छ।

    उहाँले जोखिमपूर्ण अवस्थामा रहेका विद्युत तथा दूरसञ्चारका तारको तत्काल व्यवस्थापन गर्न र दीर्घकालीन रूपमा व्यवस्थित तार व्यवस्थापनका लागि स्पष्ट कार्ययोजना बनाएर कार्यान्वयन गर्न सम्बन्धित निकायलाई निर्देशन दिनुभएको छ।

    मन्त्री श्रेष्ठले नागरिकको सुरक्षा सरकारको उच्च प्राथमिकतामा रहेको उल्लेख गर्दै यस्ता समस्या समाधानका लागि सबै सरोकारवाला निकायबीच प्रभावकारी समन्वय र सहकार्य आवश्यक रहेको बताउनुभयो। साथै, काठमाडौं उपत्यकाका विभिन्न क्षेत्रमा वर्षौंदेखि अव्यवस्थित रूपमा रहेका तारलाई व्यवस्थित बनाउने अभियानलाई थप तीव्रता दिइने पनि उहाँले स्पष्ट पार्नुभयो।

    यसैबीच, स्थानीयवासीले पनि थापाथलीसहित राजधानीका विभिन्न क्षेत्रमा गुजुल्टिएका विद्युत तथा दूरसञ्चारका तारको व्यवस्थापनलाई प्रभावकारी रूपमा अघि बढाउन सम्बन्धित निकायसँग माग गरेका छन्।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend