काठमाडौँ । सरकारले स्वास्थ्य बीमा बोर्डको अध्यक्षमा डा. सुवास प्याकुरेललाई नियुक्त गरेको छ।
नियुक्तिपछि डा. प्याकुरेलले पद तथा गोपनीयताको शपथ ग्रहण गर्नुभएको छ। स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री निशा मेहताको उपस्थितिमा आयोजित कार्यक्रममा उनले पद तथा गोपनीयताको शपथ लिए ।
डा. प्याकुरेलको नियुक्तिसँगै स्वास्थ्य बीमा बोर्डले नयाँ नेतृत्व पाएको छ। सरकारले स्वास्थ्य बीमा कार्यक्रमलाई थप प्रभावकारी, पारदर्शी र सर्वसुलभ बनाउने लक्ष्यका साथ नयाँ नेतृत्वलाई जिम्मेवारी दिएको जनाएको छ।
स्वास्थ्य बीमा बोर्डले देशभर सञ्चालनमा रहेको स्वास्थ्य बीमा कार्यक्रमको व्यवस्थापन, विस्तार तथा सेवाको गुणस्तर सुधार गर्ने जिम्मेवारी वहन गर्दै आएको छ। नयाँ अध्यक्षको नेतृत्वमा बोर्डले सेवा प्रवाहलाई अझ प्रभावकारी बनाउने अपेक्षा गरिएको छ।

