२०८३, आश्विन १९ गते

images
  • राजनीति
  • सुनसरी घटनापछि गृहमन्त्री गुरुङ आज कप्तानगञ्ज...

सुनसरी घटनापछि गृहमन्त्री गुरुङ आज कप्तानगञ्ज जाँदै, पीडित परिवारसँग भेट गर्ने

सुनसरी घटनापछि गृहमन्त्री गुरुङ आज कप्तानगञ्ज जाँदै, पीडित परिवारसँग भेट गर्ने

बिहिवार, श्रावण १४ २०८३०५:१९
बिहिवार, श्रावण १४ २०८३०५:१९
  • images

    काठमाडौँ । गृहमन्त्री सुधन गुरुङ आज सुनसरी जाने भएका छन् । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आज प्रधानमन्त्री वालेन्द्र शाहसँगको भेटपछि गृहमन्त्री गुरुङ सुनसरीस्थित देवानगञ्ज गाउँपालिका–३ स्थित कप्तानगञ्ज जान लागेका हुन् ।

    मन्त्री गुरुङले गत साउन १० गते सुनसरीमा भएको झडपमा मृत्यु भएका ओमप्रकाश मेहता र सोही झडपमा घाइते भइ उपचारका क्रममा आज मृत्यु भएका जयप्रकाश मेहताका परिवारसँग भेट गर्ने कार्यक्रम तय भएको प्रधानमन्त्री कार्यालयले जनाएको छ । 

    मन्त्री गुरुङसँगै स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहता पनि सुनसरी जान लागेकी छिन् । सुनसरी मन्त्री मेहताको गृह जिल्ला हो ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend