२०८३, आश्विन १९ गते

images
  • राजनीति
  • राष्ट्रियसभामा सरकारको ध्यानाकर्षण: महँगी, ग्यास अभावदेखि...

राष्ट्रियसभामा सरकारको ध्यानाकर्षण: महँगी, ग्यास अभावदेखि सीमा विवादसम्म सांसदको चिन्ता

राष्ट्रियसभामा सरकारको ध्यानाकर्षण: महँगी, ग्यास अभावदेखि सीमा विवादसम्म सांसदको चिन्ता

सोमवार, श्रावण १८ २०८३०३:०४
सोमवार, श्रावण १८ २०८३०३:०४
  • images

    काठमाडौँ । राष्ट्रियसभाको आजको बैठकमा सांसदले दैनिक उपभोग्य वस्तुको बढ्दो महँगी, एलपी ग्यासको अभाव, दलित समुदायमाथिको विभेद, सीमा विवाद र जनस्वास्थ्यसँग सम्बन्धित विषयमा सरकारको ध्यानाकर्षण गराएका छन् । 

     बैठकको शून्य समयमा सांसद कृष्णबहादुर रोकायले खाद्यान्नलगायत दैनिक उपभोग्य वस्तुको मूल्यवृद्धिले उपभोक्ता मारमा परेको बताए।  सांसद विष्णुकुमारी सापकोटाले महँगी नियन्त्रणका लागि प्रभावकारी कदम चाल्न आग्रह गरिन । 

    सांसद श्रीकृष्णप्रसाद अधिकारीले बजारमा खाना पकाउने ग्यासको अभाव देखिएको, खाद्यवस्तुको मूल्यवृद्धि बढ्दै गएको तथा विषादीयुक्त खाद्य पदार्थका कारण जनस्वास्थ्यमा गम्भीर असर पुग्न गएको बताए । 

    सांसद पदमबहादुर परियारले दलित समुदायमाथि हुने विभेद अन्त्य नभएको उल्लेख गरे । सांसद पूजा चौधरीले पश्चिम नवलपरासीको सुस्ता क्षेत्रमा देखिएको सीमा विवाद समाधानका लागि कूटनीतिक पहल गर्न सरकारको ध्यानाकर्षण गरे । 

    सांसद रेणु चन्दले सुदूरपश्चिमकी पूजा धानुकको मृत्यु प्रकरणमा निष्पक्ष र प्रभावकारी अनुसन्धान गर्न सरकारसँग माग गरे । सांसद विष्णुदेवी पुडासैनीले १० वर्षदेखि निष्क्रिय रहेका बैंक खाताको रकम सार्वजनिक हितमा उपयोग गर्नुपर्ने धारणा राखे । 

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend