२०८३, आश्विन १९ गते

images
  • स्वास्थ्य
  • १० प्रतिशत निःशुल्क शय्या सेवामा मन्त्रालयको...

१० प्रतिशत निःशुल्क शय्या सेवामा मन्त्रालयको कडाइ, सबै अस्पतालका सम्पर्क अधिकारीको विवरण सार्वजनिक

१० प्रतिशत निःशुल्क शय्या सेवामा मन्त्रालयको कडाइ, सबै अस्पतालका सम्पर्क अधिकारीको विवरण सार्वजनिक

सोमवार, श्रावण १८ २०८३०३:५८
सोमवार, श्रावण १८ २०८३०३:५८
  • images

    काठमाडौँ । स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले १० प्रतिशत निःशुल्क स्वास्थ्य सेवा प्रभावकारी कार्यान्वयनका लागि देशभरका सेवाप्रदायक अस्पताल र जिम्मेवार सम्पर्क व्यक्तिको विवरण सार्वजनिक गरेको छ। 

    मन्त्रालयले सोमबार सूची सार्वजनिक गर्दै निःशुल्क शय्या सेवामा बिरामीको पहुँच सुनिश्चित गर्न तथा गुनासो आए तत्काल समन्वय गर्न प्रत्येक अस्पतालका सम्पर्क अधिकारी तोकेको जनाएको छ। 

    मन्त्रालयले सार्वजनिक गरेको विवरणमा घीय,प्रादेशिक,सामुदायिक,शिक्षण तथा निजी अस्पतालहरू समेटिएका छन्। प्रत्येक अस्पतालका फोकल पर्सनको नाम र फोन नम्बर राखिएको छ,जसबाट निःशुल्क उपचारसम्बन्धी समस्या आएमा बिरामी वा सेवाग्राहीले सिधै सम्पर्क गर्न सक्ने व्यवस्था गरिएको छ। 

    कार्यविधिले सुनिश्चित गरेको १० प्रतिशत निःशुल्क स्वास्थ्य सेवालाई व्यवहारमै कार्यान्वयन गराउन मन्त्रालयले निगरानी र समन्वयलाई थप कडाइ गरेको हो। मन्त्रालयले यसअघि नै निःशुल्क शय्या व्यवस्थापनका लागि अनलाइन पोर्टल सञ्चालनमा ल्याएको छ भने अस्पतालहरूले आरक्षित शय्याको विवरण नियमित अद्यावधिक गर्नुपर्ने व्यवस्था लागू गरिसकेको छ। 

    मन्त्रालयले सेवाग्राहीलाई आवश्यक परे सार्वजनिक गरिएको सम्पर्क विवरण प्रयोग गरी निःशुल्क उपचारसम्बन्धी जानकारी लिन,समस्या भए गुनासो गर्न तथा सेवा प्राप्तिमा समन्वय गर्न आग्रह गरेको छ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend