२०८३, आश्विन १९ गते

images
  • स्वास्थ्य
  • नेपाल फार्मेसी परिषद्को अध्यक्षमा कादिर आलम...

नेपाल फार्मेसी परिषद्को अध्यक्षमा कादिर आलम नियुक्त

नेपाल फार्मेसी परिषद्को अध्यक्षमा कादिर आलम नियुक्त

बुधवार, श्रावण २० २०८३१०:३८
बुधवार, श्रावण २० २०८३१०:३८
  • images

    काठमाडौँ । नेपाल सरकारले नेपाल फार्मेसी परिषद्को अध्यक्षमा डा। कादिर आलमलाई नियुक्त गरेको छ। नवनियुक्त अध्यक्ष आलमले बुधबार स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री निशा मेहताको उपस्थितिमा पद तथा गोपनीयताको शपथ ग्रहण गरे ।

    परिषद्को अध्यक्ष नियुक्तिका लागि आवेदन दिएका उम्मेदवारमध्ये छनोट प्रक्रियापछि आलमलाई अध्यक्षमा नियुक्त गरिएको हो। 

    शपथ ग्रहणपछि मन्त्री मेहताले नेपाल फार्मेसी परिषद्लाई थप प्रभावकारी, पारदर्शी र उत्तरदायी बनाउँदै औषधि सेवा, फार्मेसी शिक्षा, पेशागत नियमन तथा जनविश्वास अभिवृद्धिमा सक्रिय भूमिका निर्वाह गर्न निर्देशन दिइन ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend