२०८३, श्रावण २५ गते

images
  • अटो
  • नाइमा अटो एक्स्पोमा डोङफेङका विद्युतीय बस...

नाइमा अटो एक्स्पोमा डोङफेङका विद्युतीय बस सार्वजनिक हुँदै, विशेष छुटसहित बुकिङ खुल्ने

नाइमा अटो एक्स्पोमा डोङफेङका विद्युतीय बस सार्वजनिक हुँदै, विशेष छुटसहित बुकिङ खुल्ने

images
शुक्रवार, श्रावण २२ २०८३०६:४७
शुक्रवार, श्रावण २२ २०८३०६:४७
  • काठमाडौं। हिमालयन अर्गनाइजेशनअन्तर्गतको आयाम इन्टरकन्टिनेन्टल प्रालिले चीनको प्रतिष्ठित अटोमोबाइल निर्माता डोङफेङ मोटर कर्पोरेशन (DONGFENG Motor Corporation) का विद्युतीय बस नेपाली बजारमा सार्वजनिक गर्ने भएको छ। कम्पनीले आगामी भदौ २६ गतेदेखि काठमाडौंको भृकुटीमण्डपमा आयोजना हुने नाइमा अटो एक्स्पोमा दुईवटा बस मोडल पहिलोपटक प्रदर्शन गर्ने जनाएको छ।

    कम्पनीका अनुसार एक्स्पोमा ७.२ मिटर लम्बाइका २६ देखि ३० सिट क्षमताका विद्युतीय बस सार्वजनिक गरिनेछन्। साथै, निकट भविष्यमा ९ मिटर (३८ सिट) र १२ मिटर (५२ सिट) क्षमताका थप बसहरू पनि नेपाली बजारमा ल्याउने तयारी गरिएको छ।

    सन् १९६९ मा स्थापना भएको डोङफेङ मोटर कर्पोरेशन चीन सरकारको स्वामित्वमा रहेको अग्रणी अटोमोबाइल उत्पादक कम्पनी हो। कम्पनीले यात्रुवाहक तथा व्यावसायिक सवारी, ट्रक, बस, विद्युतीय सवारी (ईभी) र विशेष प्रयोजनका सवारीसाधन उत्पादन गर्दै आएको छ। पाँच दशकभन्दा बढीको अनुभवसँगै डोङफेङले गुणस्तर, सुरक्षा, विश्वसनीयता र आधुनिक प्रविधिका कारण अन्तर्राष्ट्रिय बजारमा सशक्त पहिचान बनाएको छ।

    हाल डोङफेङका सवारीसाधन विश्वका १०० भन्दा बढी देशमा निर्यात भइरहेका छन्। नेपालमा पनि यस ब्रान्डका ट्रक, कार तथा माइक्रोबस पहिलेदेखि नै बिक्री हुँदै आएका छन्।

    आयाम इन्टरकन्टिनेन्टलले नेपाल सरकारले ठूला विद्युतीय बसलाई प्राथमिकता दिने नीति अघि बढाएको तथा बजारमा यस्ता बसको माग बढ्दै गएको अवस्थालाई मध्यनजर गर्दै डोङफेङका बस नेपाली बजारमा ल्याइएको जनाएको छ।

    कम्पनीका अनुसार बसहरूको मूल्य, प्राविधिक विशेषता तथा अन्य विस्तृत विवरण अटो एक्स्पोमै सार्वजनिक गरिनेछ। यद्यपि, बजारमा उपलब्ध समान श्रेणीका अन्य बसको तुलनामा प्रतिस्पर्धी र किफायती मूल्यमा यी बस उपलब्ध गराइने कम्पनीको दाबी छ।

    अटो एक्स्पो अवधिभर बस बुकिङ गर्ने ग्राहकका लागि विशेष छुटको व्यवस्था पनि गरिने कम्पनीले जनाएको छ।

    बिक्रीपछिको सेवा (आफ्टर सेल्स सर्भिस) तथा स्पेयर पार्ट्सको उपलब्धताका लागि हिमालयन अर्गनाइजेशनअन्तर्गतका शाखा कार्यालय तथा डिलर नेटवर्कमार्फत देशका विभिन्न सहरमा सेवा प्रदान गरिने कम्पनीले जानकारी दिएको छ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend